एसपी रिपोर्टर
काठमाण्डौं, असोज २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले यसपटक मन्त्रिपरिषद हेरफेर गर्दा रक्षा मन्त्रालयको नेतृत्व गरेका ईश्वर पोखरेलको मन्त्रालय भने आफूले नै राखेका छन् । उनलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याईएको छ । नेकपानिकट स्रोतकाअनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखेपनि दशैं अघि नै उक्त मन्त्रालयको जिम्मेवारी वरिष्ठ नेता माधव कुमार नेपाल समूहका एक जनालाई दिईने तयारी छ ।
नेता नेपालले यसबारेमा आन्तरिक परामर्श थालेको पनि बुझिएको छ । स्रोतकाअनुसार नेपाल समूहबाट भीम रावललाई रक्षा मन्त्रालयको नेतृत्वमा पठाउने मोटामोटी सहमति बनेको छ । यसअघि नेपाल समूहबाट मन्त्री बन्ने चर्चा सुरेन्द्र पाण्डेको पनि थियो । तर, उनलाई मन्त्रिपरिषद हेरफेरमा ल्याईएको छैन् । अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको छ ।
सहरी विकास मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल श्रेष्ठलाई ल्याईएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा लिलानाथ श्रेष्ठ ल्याईएको छ । र, जिम्मेवारी हेरफेरकै क्रममा पार्वत गरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा थिए ।