FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


जुली–महतो सम्बन्धमा दरार, जनकपुरधामको राजनितिक समिकरण कोल्टो फेर्दै

दुवै पक्ष एक अर्का प्रति शंसकित र शंकै शंकाको घेरामा


जुली–महतो सम्बन्धमा दरार, जनकपुरधामको राजनितिक समिकरण कोल्टो फेर्दै

पुरन रौनियार
जनकपुरधाम, भदौ ७ :
जनकपुरधामको राजनितिमा एकातिर कांग्रेस र अर्को तिर अर्को शक्ति देखिने गरेको परम्परा छ । जनकपुरधाम केन्द्रित जुनसुकै निर्वाचनमा एकातिर कांग्रेस र अर्को तिर वाँकी शक्ति रहने गरेको तथ्य नर्कान सकिदैन । त्यसको एक उदाहरण विगतको आम निर्वाचनहरु पनि हो । कांग्रेस पराजित गर्न मधेशी गठबन्धनका उम्मेदवार राजेन्द्र महतोलाई नेकपाले अघोषित समर्थन गरेकै कारण निर्वाचनको परिणाम मधेशी गठबन्धनको पक्षमा आयो । यद्यपि कांग्रेसको उम्मेदवार राम सरोज यादव भने प्रदेशसभामा बाजी मारे ।

चुनावको विनिङ्ग गेम सफलतामा महतो–जुली–महासेठको वाहिरी रुपले नभएपनि भित्री रुपले सवैले समिक्षा गरिरहेकै छन् । किनकी यो सम्बन्ध औपचारिक नभएर मौनताका साथ अनौपचारिक नै थियो । मधेशवाद र आन्दोलनमा भएको दमनको बदला लिने माहोल त थियो नै नेकपाले नाम मात्रको उम्मेदवारी दिएकाले समेत मधेशवादको पलरा भारी भयो भन्ने विश्लेषण सवत्र छ । तर धनुषाको निर्वाचन क्षेत्र नं. ३ लक्षित सो जुली–महतो विनिङ्ग समुह बिच अहिले मतभेद बढदै गएको देखिन्छ ।

भित्रभित्रै चुनावी परिणाम हात पारेको सो समुह बिच अहिले विकास निर्माणमा मन मिल्न नसक्दा मतभेद बढेको स्रोतको भनाई छ । महतोको संसदिय कोषको छ करोड मध्ये २ करोड फ्रिज हुनुमा जुली टिमको असहयोग पनि मुख्य कारण हो । मुखियापट्टी मुसनिया, नगराइन र धनौजी पालिकाहरुमा जुली टिमको असहयोगकै कारण बजेट फ्रिज भएको दुवै पक्षले स्वीकार गरेको देखिन्छ । जुली पक्षले कुनै पनि म्यानुट र काम गर्न लाग्दा आफुहरुलाई सोधपुछ गर्न छाडेकाले चिढिएको देखिन्छ भने महतो पक्षलार्ई आफनै नेता कार्यक्रताले घेरिरहेको बाध्यात्मक स्थिती छ ।

आफुहरु पनि सोहि क्षेत्रको सांसद रहेको ध्यानाकर्षण गराउदै नियमावली विपरित कुनै पनि विकास निर्माणको योजना छनौटमा आफुहरुलाई सोधपुछ नरहेको जुली समुहको अरोप छ । एता केहि सञ्चारमाध्यममा महतो र उनकै निकटका पार्टीवाट प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहको विरोधमा निरन्तर समाचार प्रकाशन भइरहेको तर्फ पनि महतो पक्ष शसंकित छन । कहि जुली समुहले त यस्तो गरिरहेको छैन ? महतो पक्षको आशंका छ । मन्त्री साहले समेत क्षेत्रमा महतोलाई फाईदा हुने किशिमको गतिविधी आफनो मन्त्रालयवाट गरिरहेकाले जुली पक्ष उ वाट समेत शंसकित रहेको महतो पक्षको बुझाई छ । तर जुली पक्ष यस्को कडा प्रतिवाद र खण्डन गर्छन । यो दुश्प्रचार रहेको उनीहरुको तर्क छ ।

बिबाद यहाँ सम्म छ कि अगामि निर्वाचनमा जुली आफै मुड बनाउने मात्र होइन तयारी समेत थालेकी छन् भने महतो आफनो क्षेत्र भइसकेकाले आफनै तयारी गर्ने मुडमा छन् । जुलीको तयारी यहाँ सम्म छ कि जसपा र कांग्रेसको राम्रो युवा देखि अनुभवि नेता सम्मलाई पार्टीमा भित्रयाउनका लागि निरन्तर संवाद भइरहेको बुझिन्छ । जुली जसपाका युवा दस्ता (युवा नेताहरु) र कांग्रेसको असन्तुष्ट पक्षलाई तान्ने कोशिसमा निरन्तर लागेकी छन् ।

तत्काल हतार नगरेर चुनाव अगाडि जसपाका सवै युवा अगुवा अनुहारलाई तानेर मधेशवादीलाई भन्दा अव आफै ट्राय गर्ने मुड जुलीको छ । यस विषयमा महतो निकटकाहरुसंग कुरा गर्दा जुली समुहले अनावयश्क अपेक्षा राख्ने गरेकाले समस्या भएको बताउछन् । हामीलाई असहयोग भइरहेको छ, महतो टिम भन्छन ‘हामिलाई घेर्ने काम भए चुनावमा कांग्रेस संगै डिल गर्न परे गरिहाल्छौं अन्तिममा के गर्ने ? ।’ गत आर्थिक वर्षमा छ मध्ये २ करोड फ्रिज भयो अव चालु आर्थिक वर्षमा मात्र ४ करोड संसदिय बजेट छ फेरी असहयोग भए महतोलाई त्यो पनि खर्च गर्न कठिनाई हुने आंकल गरिन्छ । तर महतो पक्षले दुई करोड नभई एक करोड फ्रिज भएको र त्यो पैसा पनि फ्रिज नभइ कोभिड १९ मा आफुहरु सदुपयोग गर्न सफल भएको दावी गरेका छन् ।

महतो समुहमा पनि दुई खालको समुह छ । एक सदभावका अनुसार जुलीसंग मिलेर जाने पक्षमा छ भने अर्को आफुहरु जितेकाले पहिला पार्टी त्यसपछि सहयोगीलाई प्राथमिकतामा राख्नुपर्ने अडानमा देखिन्छ । जानकारहरुको विश्लेषण भने फरक छ । निधी हराउने उद्देश्यका साथ महतो ल्याइएको र अव महतो क्षेत्रमा जम्ने प्रयासमा रहेकाले त्यसलाई रोक्नु जुलीका लागि स्वभाविक राजनिति रहेको उनीहरुको बुझाई छ । महतो जति कमजोर रहन्छ जुलीको उती महत्व हुन्छ राजनितिको सुत्रनै त्यही हो उनीहरुको तर्क छ ।

यस्ता ध्रुविकरण र राजनितिक दाउपेचका कारण जनकपुरधाम केन्द्रित राजनितिले कोल्टो फेरिरहेको छ । तर धनुषा क्षेत्र नं. ३ को निर्वाचनमा राष्ट्रिय हस्तक्षेप हुने भएकाले अहिले नै केहि विश्लेषण गर्दा हतार हुने भन्नेहरु पनि धेरै छन् । यो क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र देशको विभिन्न शक्तिहरुको हस्तक्षेप हुने भएकाले यहाँको समिकरण अन्तिममै सेट हुने विश्लेषण अधिकांशको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

10 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy