एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : सांसद प्रभु साहले प्रतिनिधिसभाको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरेका छन्। अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको उत्तर नपाएको भन्दै उनले बिहीबारको बैठकमा सो कार्यक्रम हटाउन आग्रह गरे।
प्रतिनिधिसभामा बोल्दै साहले आफ्नो माग पूरा नभए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्।