एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही व्यक्तिहरू इतिहासलाई पछाडि फर्काउने दुस्साहस गरिरहेको बताएका छन्।
‘ऐतिहासिक नेपालमण्डल’ पुस्तक विमोचन कार्यक्रममा उनले राजावादीहरूको गतिविधिलाई यस्तो दुस्साहसको संज्ञा दिएका हुन्। प्रचण्डले जनतालाई उचाल्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सबैलाई आह्वान गरे।उनले संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकार जनतालाई बुझाउन नसक्नु कमजोरी भएको स्वीकार्दै प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढीकरण गर्नुपर्ने बताए।