एसपी रिपोर्टर
धनगढी , फागुन २४ : गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
डोटीमा भूकम्पपीडितलाई अनुदान रकम हस्तान्त्रण गर्दै उनले राजसंस्था पुनःस्थापनाका नाममा भइरहेका प्रदर्शन र र्यालीहरू अर्थहीन भएको बताए। उनले लोकतन्त्रविरोधी अभ्यासलाई बढावा दिन नहुने उल्लेख गर्दै, गणतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट गरे।पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिमा आउन चुनौती दिँदै उनले नेपालमा उन्नत लोकतन्त्र रहेको र पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह अधिकार उपभोग गरिरहेको बताए।गृहमन्त्री लेखकले भूकम्पपीडितको आवास पुनर्निर्माण तथा प्रवलीकरण जारी रहेको जानकारी दिँदै, विपद् जोखिम न्यूनीकरणका लागि बझाङ, अछाम र जाजरकोटमा इकाई कार्यालय स्थापना भइरहेको बताए।