एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचसम्बन्धी अभिव्यक्तिप्रति सभामुख गम्भीर हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सत्ता गठबन्धनकै नेताले अध्यादेश स्वीकृत गराउन सांसद किनबेच भइरहेको आरोप लगाएको उल्लेख गरे।
सांसद किनबेचको चर्चा सिंगो संसदको अपमान भएको भन्दै उनले सरकारलाई जवाफ दिन आग्रह गरे। साथै, जिम्मेवार सांसदले यस्तो आरोप लगाउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि उठाए।