एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन २० : सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा ५ वटा अध्यादेश पेस गर्ने तयारी गरेको छ।
भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढाइने भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश बाहेक अरूलाई अघि बढाउन सहमत भएका छन्।पेस गरिने अध्यादेशहरूमा सुशासन प्रवर्द्धन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगायतका ऐन संशोधनसम्बन्धी विधेयक समावेश छन्।
संसद्बाट यी अध्यादेश पारित गर्ने ६० दिनको समय सीमा चैत १७ गते सकिँदै छ।