एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : नेकपा एमालेको विद्यार्थी दस्ता अनेरास्ववियुमा विद्यार्थीहरु प्रवेश गरेको छ । अनेरास्ववियू जिल्ला कमिटी धनुषाद्वारा जनकपुरधाममा आयोजित एक कार्यक्रममा दर्जनौं विद्यार्थीहरु प्रवेश गरेका छन् ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिव अञ्जना सिवाकोटीले वर्तमान अवस्थामा टुटेर नभई जुटेर अगाडि बढनुपर्ने बताउदै मधेशमा जनताले पहिलो दल बनाएकाले गम्भिरताका साथ लिनुपर्ने बताइन ।

एमालेका जनकपुरधाम उपमहानर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारी, नगर सचिव युवा नेता राजु साह, अनेरास्ववियुका प्रदेश अध्यक्ष आर.पी यादव सचिव सतिश चन्द्र सिंह, धनुषा जिल्ला इन्चार्ज मुखर्जी प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।