FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पक्राउ पर्ला त खनाल, बस्नेत र श्रेष्ठ ?, विपक्षीहरुले पनि दिए उजुरी

पक्राउ पर्ला त खनाल, बस्नेत र श्रेष्ठ ?, विपक्षीहरुले पनि दिए उजुरी

एसपी रिपोर्टर
काठमाण्डौं, वैशाख २२ :
अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ । मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।

विपक्षीहरुले पनि दिए उजुरी

अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन् । राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् । आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुटो आरोप लगाएर फसाउन खोजिएको बताए ।

डा. यादव लगायतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रक्रियामा सहभागी हुने चाहना पनि व्यक्त गरेको उनले दावी गरे । प्रक्रियामा सहभागी हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको सांसद बस्नेतले बताए ।

आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy