FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रधानमन्त्री ओलीको नयाँ चाल, बामदेव प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव

बामदेवलाई अगाडि ल्याउँदा अर्का नेताहरु आक्रोसित

प्रधानमन्त्री ओलीको नयाँ चाल, बामदेव प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ :
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सार्दै पार्टी भित्रकै विपक्षी खेमा कमजोर पार्ने रणनिती बनाएका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकको सुरुमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेव बारे आफनो प्रस्ताव राखे ।

यद्यपि ओलीले अहिले प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए । सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।

साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले बतायो ।

प्रचण्डको आरोपै आरोप

ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरु एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए । उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्न सम्मको सल्लाह दिएका छन् । स्रोतका अनुसार प्रचण्डले भने, ‘म तपाँइको पदमा भएको भए यस्तो बेलामा प्रधानमन्त्रीबाट राजीनामा दिएर जनताको नजरमा हाइहाई लुटथे ।’

बामदेव ल्याउँदा अर्का नेताहरु आक्रोसित

तर ओलीले आफू हटेर पुराना नेतालाई प्रधानमन्त्री बनाउनु भन्दा बरु वामदेवजीलाई बनाऔं भन्ने प्रस्ताव गरेपछि अरु नेताहरु पनि बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । बैठकमा खनालले भने, ‘पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिनँ भन्न पाइन्न ।’ उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर, यसले ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै गौतमले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बैठकमा बताए ।

बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेल दुबैले समर्थन जनाएका छन् । पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन गर्दै त्यसविपरीत जान खोजे प्रतिवाद गर्ने चेतावनी दिए । महासचिव पौडेलले ओलीको प्रस्ताव समस्या समाधानको उपाय हुन सक्ने बताए । यसले पनि ओलीको टिम बामदेवलाई अगाडि सारेर प्रचण्ड र नेपालको चलखेल रोक्ने दाउमा देखिन्छन् । सचिवालयको अर्को बैठक २० गते बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy