एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १३ : अपहरणमा परेको भनिएका डा. सुरेन्द्र यादव रुदै भनेका छन, ‘ न मलाई मारयो न म जिउन सक्या छु’ डा. यादवले एक टेलिभिजनमा रुदै दिएको यो अभिव्यक्ति अहिले भाइरल भएको छ । तर उनले किन दिए त त्यो अभिव्यक्ति ? महत्वपुर्ण विषय हो । सांसद डा. यादवले स्पष्ट भन्न नसकेपनि उनलाई धाक धम्की दिएको बताइन्छ ।
डा. यादव स्रोतका अनुसार उनलाई सम्पती सुद्विकरण देखि विभिन्न वाहानमा फँसाउन सक्ने सम्मको धम्की दिइएको छ । डा. यादवले अन्तरवार्तामा भनेका छन, ‘म पनि लडाकु जात यादव हुँ, चाहेको भए प्रतिवाद गर्न सक्थे तर लकडाउनको समय र गल्ली गल्ली प्रहरी रहेकाले म केहि पनि गर्न सक्ने अवस्था देखिन ।’ डा. यादवको स्रोतले बताए अनुसार डा. यादवको त्यसपछिको हाउभाउले पनि वहाँ तनावमा रहेको र कुनै डर र त्रासमा रहनु भएको देखिन्छ ।’
यस विषयमा नाम जोडिएका उनकै पार्टीका प्रमुख सचेतक उमाशंकर अरगडियाले भने अहिले सम्म मुख खोलेको देखिदैन । डा. यादवले अगाडि भनेका छन्, ‘धन्य लकडाउन थियो न भए मलाई सिमापारी भारत लगेर पनि केहि गर्न सकिने डर मलाई छ ।’ यि सवै तर्कहरुले डा. यादवले केहि विशेष कुरा र धाक धम्की लुकाइरहेको संकेत गर्दछ । नभए उनले झुठो बोलेको हुनुपर्दछ ।