FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यि हुन पार्टी फोडने सातजना सांसदहरु, रौनियार, श्रीवास्तव, रुहिनाज पछि हटे

भोली नै दल दर्ता सम्मको तयारी

यि हुन पार्टी फोडने सातजना सांसदहरु, रौनियार, श्रीवास्तव, रुहिनाज पछि हटे

एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १० :
समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन् । यादव सहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए। अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्। समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् ।

पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै अहिले काठमाडौं आइरहेको ती सांसदले बताए। ‘उहाँ मध्यरातसम्ममा काठमाडौं आइपुग्नुहुनेछ। उहाँले पनि पार्टी विभाजनमा हस्ताक्षर गर्ने तयारी छ,’ ती सांसदले भने। दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो। उनलाई प्रहरीले गाडीमा राखेर लगेको आफूहरूले देखेको समाजवादीका स्थानीय कार्यकर्ताले दावी गरेका छन्।

उनलाई प्रहरीले अपहरण गरेको नभई पार्टी विभाजनमा सहभागी हुन काठमाडौं आउन सरकारको निर्देशनमा सहयोग गरेको बुझिएको छ। समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन्। यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०\४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो। दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए। नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन्। नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ।

समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले पार्टी एकीकरणको घोषणा गरेका छन्। दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन। तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ। जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ। 

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्। तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ। सेतोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

16 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy