एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : शुक्रवार धनुषा क्षेत्र नं. ३ वाट कांग्रेसका उपसभापति विमलेन्द्र निधीलाई पराजित गरि प्रतिनिधीसभा सांसद बनेका सांसद राजेन्द्र महतोको फेसबुकमा खोजी भयो । चुनाव जितेका महतो यस्तो वेला कहाँ छ भनेर केहिले स्टाटस लेखे भने केहिले मान्छे हराएको सुचनाकै मोडलमा महतोको खोजी गरे । तर संजोग त्यै दिन नेपाली कांग्रेसका उपसभापति निधीको सहयोगमा धनुषाको गंगुलीमा स्थापना गरिएको क्वारेनटाइनमा पाँचवटा सुरक्षा किट पिपिई उनका नेता कार्यक्रताहरुले प्रदान गरेको समाचार र सुचना फेसबुकमा देखियो ।

निधिको सहयोगमा नगराइन नगरपालिकास्थित क्षेत्रिय क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागि ५ थान पीपीई उपलब्ध गराइएको छ । लकडाउनको ११ औं दिन बितिसक्दा पनि धनुषाको नगराइन नगरपालिका वडा नं.५ गंगुलीस्थित क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव खड्किरहेको बेला उनले सो पीपीई उपलब्ध गराएको समाजिक सञ्जाल र अनलाईन सञ्चार माध्यममा खवर छ । गंगुलीस्थित क्वारेन्टाइनमा डेढ दर्जन भन्दा बढि कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राखिए पनि त्यहाँका स्वास्थकर्मीलाई अहिलेसम्म एक थान पीपीईसमेत सरकारले उपलब्ध नगराएको कांग्रेसको आरोप छ । उपसभापति निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण र उपाध्यक्ष राकेश बिक्रम साह मार्फत सो क्वारेन्टाइनका संयोजक जुगेश्वर मण्डललाई पीपीई हस्तान्तरण गरेको हो ।

एता एसपी खवरसंग कुराकानी गर्दै नेता महतोले कानुन विपरितको काम कसैले गर्न नहुने बताए । जनप्रतिनिधी क्षेत्रमा जाँदा भिडभाड हुने र त्यसले कसैको हित नहुने उनको भनाई छ । नेता महतोले आफु राजपाको नेता रहेको र राजपा सहितको सहभागतीमा रहेको प्रदेश २ सरकार र राजपा वाटै मन्त्री रहेका नवल किशोर साहले समेत आजै कोरोना परिक्षणको काम मेरै क्षेत्र जनकपुरधामवाट सुरु गरेको भन्दै नेताको कामलाई त्यसरी पनि हेरिदिन आग्रह गरेका छन् । शिर्षनेताहरुको काम काठमाण्डौमा समेत रहेको र क्षेत्रमा केहि त्रुटी रहे नेता कार्यक्रताहरुले आफुलाई जानकारी गराउने गरेको उनको भनाई छ । यस्तो समयमा कोहि पनि बलवान र सुरक्षित नरहेकाले सवैले आ–आफनो तवरवाट काम गर्नुपर्ने आवयश्कता रहेको उनको जिकिर छ । निर्वाचित सांसदवाट जनताको बढी अपेक्षा हुनु स्वभाविक रहेको समेत महतोले बताए ।
एता कांग्रेसजनको प्रतिउतरमा राजपाका नेता कार्यक्रताले समेत कांग्रेस जस्तो ठुला विपक्षी दलको उपसभापती समेत रहेका निधि यस्तो वेला कहाँ छ भन्ने आशयको स्टाटसहरु फेसबुकमा पोष्ट गरेका छन् । महतो हराएको सुचना विरुद्व निधी हराएको सुचनाले शुक्रवार फेसबुक तताएको छ ।
