एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ । तिनै दल बिच भइरहेको छलफलमा यादवले चाहे जसपाका ठाकुर प्रधानमन्त्री नभए माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिने छ ।