जनकपुरधाम : प्रदेश २ को नामाकरण विषयमा प्रदेश सभामा गोप्य मतदान सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश नाम राख्ने/नराख्ने विषयमा मतदान सुरु भएको हो। पहिलो मत सभामुख सरोज कुमार यादवले खसाएका हुन्।
यस्तै मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मंत्री विजय यादव, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल सहितका मन्त्रीहरु मत हालिरहेका छन्। अहिले सांसदहरु मत खसाउन लाइन लागेका छन्।