फाल्गुन, २४ गते ।
जनकपुरधाम : मिथिला मध्यमा परिक्रमालाई लक्षित गर्दै जनकपुरधाममा अन्तरगृह परिक्रमा सडकको सरसफाई जारी छ । जनकपुरधामस्थित युवा विकास समाजको अगुवाईमा बृहतर जनकपुरधाम अन्तरगृह मिथिला परिक्रमा सडक सरसफाईको क्रममा शनिवार भानुचौक देखि मालपोत सम्मको सडक खण्ड सफाई गरिएको छ ।
तपसीचौक देखि सुरु भएको सफाई भोली २५ गते मालपोत देखि पुनः तपसीचौक सम्म परिक्रमा सडकको सफाइ गरिनेछ । यस अघि पहिलो दिन तपसीचौक देखि ज्ञानकुप सम्म र त्यसपछि क्रमश पिडारीचौक–मिल्सएरिया, कदमचौक हुदै मालपोल सम्म सफाई गरिएको छ ।
सफाई कार्यक्रममा प्रदेश २ सरकारका आन्तिरक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा सफाई अभियन्ता रामअशिष यादव, बैद्यनाथ साह वडा अध्यक्ष सहित सुरक्षाकर्मीहरुको समते सहभागिता रहेको समाजका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो ।