एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : जनकपुरधाममा भगवान श्री रामको जन्मोत्सव रामनवमीको साथसाथै चैती दशैंको पनि रौनक छ । रामनवमीका दिन चैती दशैंको नवमी तिथि परेकाले जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिर सहित बौद्धिमाई, अन्नपुर्णा अमरखाना माई सहितका शक्तिपिठहरुमा दर्शनालुहरुको भिडभाड देखिएको छ ।
साथै जनकपुरधामको पिडरियामाई, दक्षिणकाली मन्दिर सहितका विभिन्न शक्तिपिठहरुमा समेत चैती दशैंको रमझम छ । एता जनकपुरधामको रामानन्दचौक स्थित श्री नरसिंह यूथ युवा क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि भब्य पण्डालको निर्माण गरि चैती दशैं मनाइरहेको छ ।
पण्डालमा माता दुर्गा भवानी सहितको विभिन्न देवीदेवताको सुन्दर भब्य मुर्ती निर्माण गरिएको पण्डालमा दर्शनार्थी भक्तजनको भिडभाड लाग्ने गरेको छ । घटस्थापना देखिनै पुजापाठ र भजन किर्तन भइरहेको पण्डालमा सप्तमी रात देखी मुर्ती दर्शन हुन थालेपछि झनै दर्शनार्थीहरुको भिडभाड लाग्ने गरेको छ भने धार्मिक सांस्कृतीक कार्यक्रम समेत आयोजना गरिएको छ ।