एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ : एसपी खवरले प्राथमिकताका साथ सम्प्रेशन गरेको समाचारको प्रभाव परेको छ । जनमत चिकित्सक संघका केन्द्रिय प्रवक्ता तथा युवा अभियानी डा. विनय पजियारको आरक्षण विरोधी अभियान र नेपाल रेल्वेमा अवैधानिक कर्मचारी नियुक्ती विरुद्वको अभियान सम्बन्धी समाचार प्राथमिकताका साथ सम्प्रेशन भएपछि दुवै अभियानलाई सफलता मिलेको छ ।
पावर र भनसुनका भरमा काठमाण्डौंवाट नै रेल्वेमा कर्मचारी नियुक्त हुने चलखेल सम्बन्धी समाचार प्रकाशित भएपछि विभागको ध्यानाकर्षण भएको छ । उता सरकारका नेतृत्वकर्ता दल नेकपा समेत त्यसरी कर्मचारी भर्ती गर्दा पार्टीको छवि विग्रने भन्दै विभाग वा लोकसेवा मार्फत लिखित परिक्षा नै लिएर कर्मचारी भर्ना गर्ने गरि तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ । नेकपाका प्रभावशाली नेता इश्वर पोखरेल सिधा रुपमा कर्मचारी भर्ना गर्दा मधेशमा लगत सन्देश जाने निश्कर्षमा पुगेको स्रोतको भनाई छ । त्यसैले लोकसेवा नभए विभागले नै लिखित परिक्षा लिने गरि तयारी भइरहेको छ ।
एता आरक्षण विरोधी भनिएको पिजी (एमडी÷एमएस) तहको अगामि २७ गते हुने भनिएको प्रवेश परिक्षा स्थगित भएको छ । सो परिक्षा विरुद्व डा. पजियारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सो परिक्षा स्थगित भएको हो । चिकित्सा शिक्षा आयोगले प्रवेश परिक्षामा ५० प्रतिशत खुल्ला, १० प्रतिशत विदेशी र विभेदपुर्ण रुपले ४० प्रतिशत सरकारी चिकित्सकका लागि कोटा निर्धारण गरेपछि डा. पजियारले मुद्दा दायर गरेका हुन । मुद्दाको सुनुवाई अन्तर्गत अन्तिरम आदेशका लागि आइतवार दुवै पक्षलाई छलफलका लागि पेशी ताकिएको छ ।