एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समेत समाधान भएको छ । बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहथ छलफलले कोभिडका विरामीहरु समेत कुनै पनि जिल्लाका लागि बोक्न एम्बुलेन्स चालकहरु राजी भएका छन् ।
क्लोथबैंकले सुरक्षाका सम्पुर्ण समाग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता गरेपनि एम्बुलेन्स चालकहरु मानव कल्याणका लागि एम्बुलेन्समा कोरोनाका संक्रमित समेत अव बोक्न तयार भएका हुन । बैंकले चालकका लागि पिपिई, मास्क, ग्लभ्स, सेनिटाइजर, फेस हेलमेट सहितका सवै समाग्री उपलब्ध गराउने भएपनि चालकहरु काम गर्न राजी भएका हुन । यस निर्णयमा राजी हुदै अहिले सम्म २९ वटा एम्बुलेन्स सहमतीमा आइसकेको र सेवा सुरु भएको बैंकका अध्यक्ष राजिव झाले बताए ।
छलफलवाट एम्बुलेन्स समस्या समाधानका लागि एक समिति समेत गठन गरेको छ । समितिमा रहेको व्यक्तीहरुको सम्पर्क नम्वर समेत जारी गरि कुनै समस्या परे सम्पर्कका लागि अनुरोध गरिएको छ । एम्बुलेन्सको आवयश्कता परे तपसिल बमोजिमका व्यक्तिहरुको उल्लेखित नम्वरमा सम्पर्क गर्न सकिने छ । सरोज राय, 9841202025 (समाजिक अभियन्ता), महाशंकर ठाकुर, 9844021558 (एम्बुलेन्स संचालक एवं के.स.चालक संघ), मनिष श्रीओम,9844025460 (सचिब क्लोथ बैंक), सुजित पुर्बे, 9854028303 (एम्बुलेन्स संचालक), अर्मान कुमार साह, 9825818617 (अध्यक्ष, चालक संघ) ।
नेपाल रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंह, क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा, सचिव मनिष झा, समाजिक अभियन्ता सरोज राय, हंशपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल, एम्बुलेन्स संचालक, चालक संघका अध्यक्ष अर्मान साह सहितको उपस्थितिमा सो निश्कर्ष निकालिएको हो । सम्पर्क व्यक्तिहरुले जिल्ला प्रशासनको समन्वयमा एम्बुलेन्सको व्यवस्था गर्ने छ ।