एसपी रिपोर्टर
काठमाण्डौ, साउन २५ : भारतले कोरोना भाइरस (कोभिड(१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड(१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ । दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड(१९ का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।