FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यसवर्ष चारलाख ९४ हजार विद्यार्थीले दिँदै एसइई

स्वास्थ्यलाई ख्याल राख्न विद्यार्थीलाई आग्रह

यसवर्ष चारलाख ९४ हजार विद्यार्थीले दिँदै एसइई

काठमाडौं । फागुन २०, २०७६

यस वर्ष देशभर चारलाख ९४ हजार विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने भएका छन्। आगामी चैत ६ गतेबाट विद्यार्थीले परीक्षा दिँदै छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले चैत्र ६ गते देशभर एसइई परीक्षा सञ्चालन गर्ने मिति तोकेसँगै सबै तयारी पूरा गरिसकेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक महेश्वर शर्माले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै जिल्लाका परीक्षा केन्द्रमा निर्देशन दिइसकेको बताए। ‘यस वर्ष चारलाख ९४ हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन,’ उनले भने,‘छुटेको भए पछि एकदुई सयले विद्यार्थीको संख्या बढ्न सक्छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सबै जिल्लामा निर्देशन दिएका छौँ।’ उनका अनुसार अघिल्लाे वर्ष पनि करिब चारलाख विद्यार्थीले परीक्षा दिएका थिए। यसवर्ष १६ हजार पुरक परिक्षार्थी (फेल भएर फेरि दिने) पनि रहेका छन्।

१९ सय ९४ परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार एसइई परीक्षाका लागि देशभर १९ सय ९४ वटा परीक्षा केन्द्र तोकिएको छ। शर्माले भने,‘देशभर १९ सय ९४ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाको समय अवधिभर परीक्षा केन्द्रमा प्रहरी परिचालन गरी सुरक्षा दिइने छ। हामीले परीक्षाका लागि सबै जिल्लामा केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०७६ बनाई पठाएका छौँ।’ उनले परीक्षा प्रश्नपत्र पनि प्रहरीकै सुरक्षामा राख्ने बताए।

के के छन् केन्द्राध्यक्ष निर्देशिकामा?

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले निकालेको केन्द्राध्यक्ष निर्देशन पुस्तिकामा इकाई प्रमुखद्वारा जिल्ला परीक्षा समन्वय समितिको निर्णय अनुसार प्रत्येक केन्द्रका लागि माध्यमिक विद्यालयका प्रधानाध्यापक वा कम्तिमा माध्यमिक स्तरका एक जना शिक्षकलाई परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षमा नियुक्ति गर्नुपर्ने छ।

परीक्षा सञ्चालनसम्बन्धी माध्यमिक शिक्षा उत्तीर्ण एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) अनुसार अनुगमन गर्ने वा गराउनु पर्ने छ। जिल्ला भित्रका परीक्षा केन्द्रका उत्तरपुस्तिका संकलन गरी तोकिएको परीक्षा केन्द्रमा सुरक्षित तथा गोप्य रुपले पुर्‍याउनुपर्ने छ।

त्यस्तैगरी जिल्ला परीक्षा समन्वय समितिले निर्धारण गरेको परीक्षा केन्द्रमा शान्तिपूर्ण वातावरणमा मर्यादित ढंगबाट परीक्षा कार्यक्रम अनुसार परीक्षा सञ्चालन गर्ने, परीक्षा सुरु हुनुभन्दा कम्तीमा ४५ मिनेट अगाडि नै सिट प्लानको सूचना बाहिर टास्ने, परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा कोठा खोल्ने, एउटै बेन्चमा एउटै विद्यालयका विद्यार्थी नराखी मिलाएर राख्नेलगायत निर्देशन पुस्तिकमा उल्लेख छ।

स्वास्थ्यलाई ख्याल राख्न विद्यार्थीलाई आग्रह

चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले नेपाल पनि उच्च जोखिममा परेको बताउँदै परिक्षा नियन्त्रण कार्यालय कक्षा १०का उपनियन्त्रक शर्माले विद्यार्थीले आफ्नो स्वस्थ्यामा ख्याल राख्न आग्रह गरे।

उनले भने,‘परीक्षा नजिकिँदै छ। कोरोनाबाट बच्न विद्यार्थीले धेरै भीड भाडमा नहिड्न अनुरोध गर्छु। भीड भाडमा हिड्नुपरे मास्क अनिवार्य लगाउनु होला। खानेकुरामा ध्यान दिनुहोला। राम्रोसँग आफ्नो परीक्षाको तयारी गर्नु।’ परीक्षा सञ्चालन अवधिभर जिल्लाहरूमा कोरोना फैलिए राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए।

Tags: एसइई

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

1 hour ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

13 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy