एसपी रिपोर्टर
काठमाणडौं, चैत ८ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा झन्डै १२ दिने भारत भ्रमणपछि शुक्रबार अपरान्ह स्वदेश फर्किएकी छन्।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतीय समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेको बताइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने कारण आफूले समय नै नमागेकाले भएको स्पष्ट पारिन्।नेपाल सरकार परिवर्तन गर्न भारत लागिपरेको हल्लामा कुनै सत्यता नभएको उनले बताइन्। भारतले नेपाली प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गर्ने उनको भनाइ छ।
उनले भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउँदै राइसिना डायलग २०२४ मा सहभागी भएर स्वदेश फर्किएको जानकारी दिइन्।