एसपी रिपोर्टर
काठमाणडौं , फागुन २४ : नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिएका छन्।भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ। आज दिउँसो २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो।यसअघि, आज बिहान मात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो।
गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो।