एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ : प्रतिनिधिसभाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका ७ जना सांसदले अध्यादेश अस्वीकृत गर्न प्रस्ताव गरेका थिए। तर, बहुमत नपुग्दा अस्वीकृत गर्ने प्रस्ताव पारित हुन सकेन।त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सभाले बहुमतले अनुमोदन गर्यो।
अब सरकारले यो अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ।