एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन २० : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगमार्फत ५ सय चिकित्सक भर्ना गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको बताएका छन्।
नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसको अवसरमा उनले चिकित्सक तथा नर्सहरूको पारिश्रमिक वृद्धि गर्न सरकार काम गरिरहेको जानकारी दिए। साथै, श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गरिने बताए।उनका अनुसार चिकित्सकहरूलाई दबाबमुक्त वातावरणमा काम गर्ने सुविधा दिन कानुनी प्रबन्ध अघि बढाइएको छ।
मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वसनीय बन्दै गएको समेत दाबी गरे।