एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन २० : खानेपानीमन्त्री प्रदीप यादवले थापाथली चोक नजिक फुटेको मेलम्ची खानेपानीको पाइप तत्काल मर्मत गर्न निर्देशन दिएका छन्।
भारत भ्रमणमा रहेका मन्त्री यादवले सम्बन्धित निकायलाई शीघ्र मर्मत गरी पानी आपूर्ति पुनः सुचारु गर्न आदेश दिएका हुन्। साथै, उनले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोली मर्मत कार्य तीव्र रूपमा अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।