एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज ८४ वर्षको उमेरमा निधन भएको छ।सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि उनी त्यहाँ उपचाररत थिइन्।
श्रेष्ठ सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन्। उनी विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म सर्वोच्च अदालतकी न्यायाधीशका रूपमा कार्यरत रहिन्। न्याय क्षेत्रमा उनले अधिकृतका रूपमा आफ्नो करिअर सुरु गरेकी थिइन्।