एसपी रिपोर्टर
काठमाण्डौं, चैत १० : मानिसहरु बिभिन्न काम विशेषले आ–आफ्नो स्थान छाडछन, कोहि ब्यापार उध्यम र नोकरी गर्न, शिक्षा हासिल गर्नलगायत तमाम काम विशेषले ल मानिसहर विदेशिन्छन वा आफ्नै देशको बिभिन्न शहरमा पुग्छन् । विदेशमा वा आफ्नै देशका काम गर्ने स्थानमा आफ्नो जन्म र थातथलो का साथीभाई, आफन्त र छिमेकीसंग भेट हुँदाको क्षण अत्यन्तै हर्षको हुने गर्दछ ।
यस्तै क्षण भनौ या संयोग संघीय राजधानी काठमाण्डौँमा “लक्की ज्वेलर्स“को सहयोगमा “जनकपुरधाम काठमाण्ड समाज“ले जुराएको छ । जनकपुरधाम काठमाण्डौ समाजद्वारा आयोजित होलि पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो संयोग जुरेको हो ।

चैत्र १० गते शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जनकपुरधामबाट विभिन्न कामले काठमाण्डौमा बसोबास गर्नेहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । कार्यक्रममा निखिल विश्वास, शेखर ढकाल, सुनिल पौडेल, गणेश श्रेष्ठलगायतका गायकहरूले गायन प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
बर्ष दिन भरी बिभिन्न काम विशेषले काठमाण्डौमा बसोबास गर्ने जनकपुरधामवासीहरु ब्यस्ताका कारण भेटघाट गर्न सम्भव नभएको कुरालाई मध्यनजर राख्दै वर्षमा एक पटक भए पनि होलीका अवसरमा शुभकामना र खुशी साटासाट गर्न शुभकामना कार्यक्रम आयोजना गर्ने गरिएको समाजका अध्यक्ष समञजय ढुङ्गानाले बताए ।
वर्षमा एक पटक भए पनि आफ्नो जन्मभूमि जनकपुरधामका बाशिन्दालाई भेटघाट गराउनका लागि सहभागी हुन पाउँदा आफुलाई अत्यन्तै हर्ष र गर्व महसुस हुने गरेको लक्की ज्वेलर्शका सञ्चालक ऋषि ठाकुरले बताए । अशेष खनालद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरु थिएनन ।