एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी अरविन्द महतोले क्षेत्र नं. १ धनुषाकै सबै भन्दा उत्तम भुगोल र बसोबास भएपनि नेतृत्वविहिन भएकाले समस्या भएको बताएका छन् । आफनो पैतृक गाँउ सबैलाको भठिहन बजारमा पत्रकारहरु संगको भेटघाटमा उनले भने, ‘चारजिल्लाको सिमाना यो क्षेत्रमा कमला, चारनाथ सहित अनेकन नदीहरु बग्दछ तर पनि खानेपानी र सिचाँईको अभाव छ, कसरी भयो ?’
उनले असल नेतृत्व नपाएकै कारण क्षेत्र नं. १ सबै जातजाती, भाषाभाषीहरुको साँझा फुलबारी भएपनि पछाडि छ । तिनवटै पार्टीका शिर्ष नेतृत्वलाई पुरानो मोफलरको संज्ञा दिदै उनले अव ति मुफलर फाल्ने समय आइसकेको बताए । नेपालको ७ वटै प्रदेशमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेको मधेश अन्य विकट क्षेत्रभन्दा पनि पछाडी परेकोमा स्वतन्त्र युवा प्रजातान्त्रिक समूहका अध्यक्ष समेत रहेका महतोले चिन्ता व्यक्त गरेका छन् ।
उनले मधेसमा कृषि, सिंचाई तथा खानेपानीको स्थिति बिग्रिएपछि मधेस आर्थिक रुपले समेत पछाडी पर्दै गईरहेको छ । उनले भने ‘मधेस शिक्षा, स्वास्थ्य, आर्थिक रुपमा मात्रै पछाडी परेको छैन, सामाजिक रुपमा समेत मधेसमा विचलन आएको छ ।’ मधेसमा विचलन आउनु पछाडीको कारण खोतल्ने समय आईसकेको उनको भनाई थियो ।
मधेसमा बढ्दै गईरहेको गरिबीलाई रोक्न अभियानको आवश्यक्ता रहेको र सो अभियानको अगुवाई युवाहरुलाई गर्न आग्रह गरे । युवाहरुले अब मधेसको सामाजिक रुपान्तरणका लागि पहल गर्नु पर्छ । यसका साथै नेतृत्व परिवर्तन पनि आवश्यक रहेको छ ।