FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महतोले आफनै स्टाइलमा भने, ‘सांसद चोर्ने पार्टी फोडने सरकार यो कोरोना हो, मजाक हैन’ (भिडियो)

महतोले आफनै स्टाइलमा भने, ‘सांसद चोर्ने पार्टी फोडने सरकार यो कोरोना हो, मजाक हैन’ (भिडियो)

एसपी रिपोर्टर
कठमाण्डौं, बैशाख २६ :
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेकपा नेतृत्वको सरकार पहाड खन्दा मुसा मात्र पाएको टिप्पनी गरेका छन् । शुक्रवार संसदमा सम्बोधन गर्दै नेताले आफनो परम्परागत शैलीमा भने, ‘कुर्सी बचाउनेहरु खोधा पहार पाया चुहिया’ ।

जनतालाई सर्पराइज दिने हिनेका प्रधानमन्त्री र सरकार आफै र्सपराइज बनेको उनको कथन थियो । महामारी जस्तो सम्बेदनशिल समयमा जनता र राजनितिलाई बचाउनु पर्ने बेलामा अरुको पार्टी फोडने, साँसद चोर्ने र अपहरण गर्ने शैलि ठिक नभएको उनको आरोप थियो । सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने बताए ।

सांसद महतोले कोरोनालाई मजाकका रुपमा नलिन आग्रह गर्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गरे । सरकार जस्तोसुकै निकम्मा भए पनि मोदी वा सि चिनफिङसँग नभई आफ्नै प्रधानमन्त्री केपी ओलीसँगै माग गर्नुको विकल्प नरहेको महतोले बताए ।

सांसद महतो सम्वोधनको सम्पादित अंश

कोरोना महामारी विश्वव्यापीरुपमा फैलिएको अवस्थामा हाम्रो देश पनि अछुतो छैन । आजको बैठक संवैधानिक वाध्यताकै कारणले भए पनि बोलाइएको हो । यो परिस्थितिमा यो बैठकलाई व्यापकरुपमा जनताको हितमा, महामारीको विरुद्धमा काम गर्नुपर्ने हो, यसको सदुपयोग हामी गर्छौं ।

सरकारलाई आफ्नो बजेट अधिवेशनका लागि बैठक बोलाइएको भए पनि जनतालाई परिरहेको कष्ट÷पीडासमेत यो बैठकमा उठाउन पाउने छौं ।

विश्वमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । संक्रमित भई उपचार गराइरहेका देशमा, विदेशमा जहाँ भए पनि सबै नेपालीहरुमा स्वास्थ्यलाभको कामना गर्दछौं । अग्रपंक्तिमा संघर्ष गरिरहेका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत प्रत्यक्षरुपले लागिरहेकाप्रति पार्टीका तर्फबाट आभार व्यक्त गर्दछु ।

आज हामी सम्पूर्ण नेपाली, दल र नागरिक समाज एक भएर लड्नुपर्ने आवश्यकता छ । देशबासीहरु एकतावद्ध भएर यो साझा महामारीबाट जोगाउने, जोगिने र यसलाई परास्त गर्ने साझा दायित्व हो । हामी सबै नेपालीले एकतावद्ध भएर काम गरिरहेका छौं । लकडाउन जीवनरक्षाका लागि बाध्यकारी हो । अति पीडाका साथ भए पनि हामीले यसको पालना गरिरहेकोमा म सम्पूर्ण नेपालीलाई आभार व्यक्त गर्न चाहन्छु ।

यो महामारी संक्रमबाट पीडामै रहेको अवस्थामा बैठक प्रारम्भ भएको छ । म सम्झिन चाहन्छु, प्रथम बैठक हुँदा हामी कति खुशी थियौं ? सम्पूर्ण नेपाली जनता धेरै खुशी थियौं । जनताले शक्तिशाली सरकार बनाएको छ, सुशासन होला, समृद्धि होला, पहिचानवादीले अधिकार पाउलान्, हिमाल पहाड मधेसले अधिकार पक्का पाउला भनेर हामीले सरकारलाई सहयोग समर्थन पनि गरेकै हो ।

तर, आज प्रश्न उठेको छ, नेपाली जनताले के पाए ? आज नेपाली जनताले शक्तिशाली सरकारबाट के पाए ? जुन सपमा हामीले देखेका थियौं, सुशासन पायौं ? समृद्धि पायौं ? के सबैका लागि संविधान बन्यो ? के हामीले खोसिएका अधिकार पायौं ?

तर, आज म यी सबै सवाल उठाउँदिनँ । निर्वा्चित सांसद रेशम चौधरीलाई किन रिहाइ भएन, उठाउँदिनँ । आज केही कुरा उठाउँदिनँ । आज एउटा मात्रै कुरा उठाउन मन लागेको छ । एउटा मात्रै प्रश्न हो, एउटा मात्रै माग हो– सभामुख महोदय, तपाईमार्फत यो सरकारलाई एउटामात्रै सवाल हो– नेपाली नागरिकलाई बचाउ, उसको जीवन रक्षा गर । यो एउटा मात्रै उठाउन खोजेको हुँ । बाँकी सवाल आज उठाउँदिनँ ।

यो काम सरकारले कति इमान्दारिताका साथ गरिराखेको छ ? जनताको जीवन त कता रक्षा होला, यहाँ त मानवताविरुद्धको अपराधसमेत सरकारले गरिहाल्यो । अपहरित कारवाही गरिदेऊ भन्दा उजुरी नलिने ? हुकुम आयो होला नि । यो सरकार कुर्सी जोगाउ, कुर्सी पाऊ, यही धन्दामा लाग्यो ।

जनता त्राहीमाम, उता कुर्सी बचाउनका लागि अध्यादेश । के हो यो ? सरकार के गरिराखेको छ ? यो रातारात आध्यादेश केका लागि आयो ? लोकतन्त्र बलिायो पार्न, पार्टी फुटाउने रे ! के हो यो ?

यस्तै बेलामा जनताले सरकारबाट सुरक्षा राहत खोजेको हुन्छ । काम न काजको दुईतिहाईको सरकारलाई जनतालाई पीडा पु¥याउन भोट दिएको हो ? आजको दिनमा दुई तिहाईको सरकार दुई कौडीको काम नगर्ने ।
हाम्रो पार्टी पनि फुटाउने रे ! हाम्रो मित्र पार्टीलाई फुटाउने रे ! सरप्राइज ! खुदा पहाड निकला चुहिया ! यहाँ त अर्कै पो सरप्राइज आएको रहेछ त ! यस्तो काम न काज सरप्राइज नेपाली जनतालाई चाहिएको छैन । हामीले पनि सरप्राइज गरेर देखाइदियौं । लु र्फो त हाम्रो पार्टी !

आज म केही कुरा उठाउँदिनँ । निर्मला पन्तका हत्यारालाई किन कारवाही भएन, यो कुरा उठाउँदिनँ । स्वास्थ्य सामग्रीको भ्रष्टाचार, वाइडबडी केही पनि उठाउँदिनँ । एउटा कुरा उठाउँछु, सरकारको कानमा पुगोस्– जनता जोगाइ देऊ ।

सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कतिको जाँच ग¥यौ ? अनि कोरोना छैन ! व्यापकरुपमा जाँच भए पो पत्ता लाग्छ त । जाँचै नगर्ने, कछुवाको गतिमा कोरोनाको टेस्ट गर्ने ? व्यापकरुपमा परीक्षण हुनुप¥यो । हामी सांसदले हिजो टेस्ट गरायौं, कुनै सांसदमा निस्के न रे ! जनताको चाँडै नगर्ने, अनि क्षेत्रमा घुम्दा केरोना बाँड्ने ? जाँच त हुनुप¥यो नि । सरकारले गर्नुपर्ने काम गरिहरहेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy