एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २४ : कोरोना महामारीको हल्लासंगै नेपालमा सरकारले लकडाउन जारी गरेपछि चिकित्सहरु समेत घर घर पसे । औषधी पसल, त्यसमा निजी क्लिनीक चलाउने चिकित्सक देखि उपचार सेवा प्रदान गर्ने सवै घर घरमा लक भएपछि विरामी बिच्चलीमा परेका थिए । तर प्रदेश २ सरकारले सम्झौता गरे संगै जनकपुरधाम स्थित जानकी मेडिकल कलेजको सिटी अस्पतालमा कोरोना वाहेका सवै उपचार सेवा सुरु भएको छ ।
करिव १ महिनाको लकडाउन पछि वैशाख ११ गते प्रदेश सरकार र अस्पताल प्रशासन बिच सम्झौता भए संगै जनकपुरधामको सिटि अस्पतालमा सोहि दिन देखि विरामीहरुको चहलपहल सुरु भएको छ । लकडाउन सुरु हुनासाथ अस्पताल र चिकित्सकहरु समेत घर घर पसेपछि विरामीहरु बिना उपचार घर फर्किन बाध्य भइरहेको थियो । झन प्रादेशिक अस्पतालमा कोरोनाको विरामीहरु आउने भएपछि चिकित्सकहरु समेत डराएका थिए । तर समाजिक विकास मन्त्रालयले कोभिड १९ वाहेक अन्य सवै उपचारसेवा गर्न गराउन जनकपुरधाम स्थित जानकी मेडिकल कलेजसंग सम्झौता गरेपछि कलेजको सिटी अस्पतालमा विरामीको चहलपहल बढन थालेको छ ।
जनकपुरधामको ब्रहमपुरी स्थित कलेजको सिटी अस्पताल र रमदैया भवाडी स्थित शिक्षण अस्पतालमा विरामीहरुको उपचार सुरु भएको छ । उपचार हुन थालेपछि विरामीका परिवारजन समेत राहत र खुसी महशुस गर्न थालेका छन् । विरामीका परिवारजन जनकपुरधाम वडा नं. ८ बस्ने विपिन कुमार झा र अन्य एक विरामीका कुरुवा ललिता देवी महतोले उपचार आएपछि खुसी व्यक्त गरेका छन् ।
उपचारको अभावमा डर र त्रासको सामना गरिरहेको विरामी र कुरुवाहरु उपचार पाउन थालेपछि केहि राहत महशुस गर्न थालेका छन् । महामारीमा जोखिमका बिच पनि सक्दो सुरक्षाका उपायहरु अपनाएर आफुहरु काम गर्न थालेको चिकित्सकहरु बताउछन् । उनीहरु जिम्मेवारीवाट कति दिन भाग्ने भन्दै काममा फर्किको बताए । अस्पतालका नाँक कान घाटी रोग विशेषज्ञ शिवचन्द्र शाही र दन्त रोग विशेषज्ञ रिषिकेश साहले सक्दो काउनसेलिङ्ग र औषधी र त्यस्तै इमरजेन्सी विरामी भए सवै सेवा दिइरहेको बताउछन् ।
कोभिड १९ को विरामीको उपचार जनकपुरधाम प्रादेशिक अस्पतालमा हुने भए पछि वाँकी अन्य सवै सेवा कलेजको अस्पतालमा हुने गरि प्रदेश २ कोे समाजिक विकास मन्त्रालय र अस्पताल बिच सम्झौता गरिएको छ । सरकारी अस्पतालकै दर रेटमा ओपिड, इमरजेन्सी देखि शाल्यक्रियाहरु समेत सरकारी दररेटमै सुरुगरिएको छ । साथै एनआइसियु, आईसियु, एमआरआई तथा सिटि स्कयान सेवाहरु समेत सरकारी दरमै भइरहेको अस्पतालका प्रशासन अधिकृत बिनोद कुमार साहको भनाई छ ।
अस्पतालले सम्झौता संगै विभिन्न परिक्षण मेशिनहरु सहितको अध्याधुनिक सेवाहरु समेत जडान गरि सेवा सुरु गरेको छ । विहान ९ बजे देखि ३ बजे सम्म ओपिडी सेवा दिइरहेको अस्पतालले २४ घण्टा इमरजेन्सी सेवा समेत प्रदान गर्न थालेको छ । रमदैया स्थित शिक्षण अस्पताल र सिटि गरि दुवै ठाँउमा सेवा सुविधा बढाइएको अस्पतालका प्रबन्ध निर्देशक श्री प्रसेट पाण्डेले बताए । कोरोनाको डरले समान्य रोगको समेत उपचार नपाएर परेशान हुने विरामीहरु सेवा सुरु भएसंगै राहत महसुश गर्न थालेका छन् ।