FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


कोरोना परिक्षणमा नेपालका पर्दा पछाडिका हिरो डा. रञ्जित साह, प्रयोगशालाको परिक्षण टिमका अग्रदुत

मलाई केहि भए कम्तिमा एकजना छोरा जरुरी रहेकाले दाईलाई घर पठाएको भनाई


कोरोना परिक्षणमा नेपालका पर्दा पछाडिका हिरो डा. रञ्जित साह, प्रयोगशालाको परिक्षण टिमका अग्रदुत

पुरन रौनियार
जनकपुरधाम, वैशाख २२ :
नेपाल स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले कोरोना परिक्षण र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रयोगशाला प्रमुख रुना झालाई विश्वमै पाँच महिलामा पारिएपछि उनी धेरै खुसी छन् । तर यस सफलतामा भने हाकिम रहेकी झाको प्रयोगशाला भित्रका निडर भइ दिनरात परिक्षण गर्ने टिमको अहम भुमिका रहको छ । उनका परिक्षण टिम पनि अहिले उतिकै खुसी र गौरबान्वित भएको छ । एसपी खवरले मधेशकी छोरी झा प्रमुख रहेकी प्रयोगशाला सफलताको आधार मानिएको कोरोना परिक्षणको काममा अहोरात खटनेहरुका बारेमा बुझदा मधेशकै छोरा अर्का पात्र डा. रञ्जित साहले नै टिमको अगुवाई गरिरहेको पाइएको छ ।

प्रस्तुत माथिल्लो तस्वीर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल अन्तर्गतको कोरोना भाइरस कोभिड १९ परिक्षण गर्ने निकाय नेशनल इन्फलुएन्जा सेन्टरको कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, परिक्षण टोलीको टिम लिडर डा. रञ्जित साह (सरुवा रोग विशेषज्ञ) को हो । डा. साह उही डाक्टर हुन जो नेपालमा कोरोनाको आंशकामा सुरुमै चिनवाट विमानमा ल्याएका नेपालीहरुको परिक्षण टिमको अगुवाई गरे । त्यसवेला परिक्षणका लागि कोहि पनि अगाडि बढन हिम्मत नगरिरहेका वेला बनाइएको एक टिमको सदस्य भएर अगुवाई गर्दै उनले निडर भएर सवैको परिक्षण गरे र सुरक्षित घर पठाए ।

डा. रञ्जित मधेशकै छोरा हुन । प्रदेश २ सिरहाको कल्याणपुर नगरपालिकाका वडा नं. ११ बस्ने पिता चन्द्रभुषण प्रसाद साह र माता सीता देवी साहको दुईछोरा र एक छोरी मध्ये माइला सन्तानका रुपमा अगस्त २९, १९८८ मा जन्मेका डा. रञ्जित करिव सात महिना भन्दा बढी देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेशनल इन्फलुएन्जा सेन्टरमा कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, टिम लिडरको रुपमा कार्यरत छन् । जेठादाई बालरोग विशेषज्ञ र कान्छी वहिनी पनि नेपालमै चिकित्सकिय पेशामै रहेको बताउदै डा. साह भन्नुहुन्छ, ‘सुरुमा मेरो काम जोखिमपुर्ण भएकाले मलाई केहि भएको खण्डा कम्तिमा एकजना दाई घरमा आवयश्क छ भन्ने लागरे दाईलाई काम छोडन लगाएर घर पठाइदिएको छु, तर भगवानको कृपा, अहिले सम्म म पनि सुरक्षित छु ।’

डा.साहको मातापिता

बंगलादेशवाट एमबिबिएस अध्यन्न गरेका डा. साह नेपालको महराजगंज शिक्षण अस्पतालवाट माइक्रोबाइलोजी विषयमा एमडी गरेका छन । त्यसपछि भारतको दिल्ली गुरगाँउ स्थित मेदान्त द मेडिसिटी शिक्षण अस्पतालमा सरुवा रोग विषयमा फेलोशिप गरेको डा. साह अहिले विश्वकै उत्कृष्ट मानिने अमेरिका स्थित हारभार्ड युनिभरसिटीमा सरुवा रोग विषयमै क्लिनिकल रिसर्च गरिरहेका छन् । एसपी खवरले बुझदा यस्ता रिसर्च गर्ने नेपालमा उनीसंगै चार पाँच जना मात्र छन् ।

जस्ले दैनिक रातराती करिव २ सय सम्मको परिक्षण गर्छन

डा. साह अहिले दैनिक करिव १२ देखि १४ घण्टा सम्म अवेर रातीको तालिकामा परिक्षणमा व्यस्त हुन्छन् । नेपालमा अहिले सम्म करिव ७ हजार भन्दा माथीको कोरोना संक्रमण भए÷नभएको परिक्षण भएकोमा डा. साहले नै आधाजती परिक्षण गरेको बताइएको छ । अविवाहित डा. साह आफु्ले पढेका र जिवनको मुख्य काम नै सरुवा रोग विषयलाई बनाएकाले आफनो कर्तब्य र उतरदायित्वलाई बुझेरै घरपरिवारलाई सम्झाएर परिक्षणको काममा लागेको बताउछन् ।

‘विवाह भएको छैन श्रीतमी र बच्चाहरुको दबाब समेत नरहेकाले काम गर्न केहि सजिलो छ’ मेधशका छोरा डा. साह भन्छन– ‘मैले डरले अहिले काम नगरेको भए, पढेर पनि देशका लागि केहि गर्न सकिएन भन्ने जिवनभर आत्मगलानीको सिकार हुन्थे ।’ बुवा आमा दैनिक फोन गरेर हालखवर बुझनु हुन्छ भन्दै डा. रञ्जितले नेपाल हदै सम्म सुरक्षित छ र म पनि आफनो हिसावले हरसम्भव सुरक्षित भनेर समझाउने गरेको बताउछन् ।

भित्र कामैकाम भएकाले मिडियासंग भेटघाट कसरी होस ?

तपाँइ यत्रो काम गर्नु हुन्छ अनि खोइ त मिडियामा यहाँको कभरेज ? एसपी खवरको प्रश्नमा डा. साहले हास्दै भने काम गर्नेहरु ल्याव भित्र पिपिईमा डर र सुरक्षाका साथ बस्नु पर्छ मिडियामा हाम्रो के काम ? नेपालमा परिक्षण सुरु हुँदा एकमात्र टिम थियो जस्को अगुवाई डा. साहले गर्ने गरेका थिए तर अहिले अवस्थाको हिवासले तिनवटा टिमहरु बनाइएको छ उनले बताए । कुनैवेला त तिन तिन दिन सम्म ल्यावमै बस्नु परेको स्मरण गर्दै डा. साहले भने, ‘अहिले विहान ११ बजे देखि राती १२ बजे सम्म परिक्षण गर्छु, काममा व्यस्त हुनुपर्छ मिडिया वा अरुलाई समय नै दिन सकिदैन ।’ तर अव तिनवटा टिम बनेको र तालिका अनुसार आफु राती १२ बजे सम्म काम गर्ने गरेको उनको भनाई छ ।

विभागिय प्रमुख रुना झा म्यामको सफलता सुनेर आफुहरुलाई समेत मेहनतको फल पाएको जस्तो लागेको उनको खुसी छ । वहाँ झा म्यामले हामी दिनरात काम गर्नेहरुलाई खुवै स्पोर्ट गर्नुहुन्थ्यो मनोबल बढाउनु हुन्थ्यो आज हाम्रो मेहनतले नेपाल पनि विश्वमा उत्कृष्ट पाँचमा आएको सुन्दा खुसी लागेको उनको भनाई छ ।

नेपाल र कोरोना भाइरसको संक्रमण तथा परिक्षण

एसपी खवरले नेपालमा कोरोनाको संक्रमण र परिक्षणका बारेमा राखेको जिज्ञासाको जवाफलमा डा. साहले पछिल्लो नेपालगंजको घटनाले नेपाल कारोना संक्रमणको तेस्रो चरणमा अव प्रवेश गरिसकेको गरेको देखिन्छ । वाहिरवाट आएकामा संक्रमण देखिनु पहिलो चरण, उनले आफनो परिवारजनमा संक्रमण फैलाउनु दोस्रो चरण र समाजमा संक्रमण देखिन थाल्नु तेस्रो चरण रहेको भन्दै डा. साहले अव संक्रमणको यर्थात रुप वाहिर आउने बताए । द्रुत गतिमा परिक्षणका लागि धेरै समस्याहरु रहेको उनी बताउछन् ।

नेपालको पहिलो संक्रमित व्यक्ति चिनवाट आएका विद्यार्थी धनुषाकै रहेको र उनको स्वाब परिक्षणका लागि हंकङ्ग पठाउदा पश्चििमि देशहरुमा पाइएको जस्तो आक्रमक किशिमको भाइरस नेदेखिएको समेत उनले बताए । नेपालमा निको हुनेको संख्या पनि सन्तोषजनक छ मानविय क्षती छैन नी ? भन्ने प्रश्नमा उनले नेपालको संक्रमितमा पाइने भाइरस विदेशीहरु भन्दा फरक रहेको हुन सक्ने अनुमान गरिएको बताउछन् । यद्यपि उनले प्रथम संक्रमित वाहेर अरु कसैको पनि परिक्षण विदेश पठाएर अध्याधुनिक ल्यावमा नगरिएकाले अनुमान वाहेक अरु केहि भन्न सक्ने अवस्था भने नरहेको बताए ।

अमेरिका, स्पेन, इटली सहितका देशहरुमा द्रुत गतिमा फैलिने गरेको भाइरसहरुलाई जि, भि र एस गरि तिन प्लेडमा विभाजन गरिएको छ, डा. साहले भने, ‘तर नेपालको संक्रमितमा त्यस अनुसारको भाइरस देखिदैन ।’ त्यसैले पनि हदै सम्मको नियन्त्रण भएको हुन सक्ने अनुमान उनको छ । यद्यपि नेपालमा प्रयाप्त परिक्षण समेत हुन नसकेकाले केहि भन्न सकिने अवस्था भने नरहेको उनको तर्क छ ।

आफनो ज्यानको कुनै प्रवाह नगरि देश र जनताको सेवामा दिनरात खटने पर्दा पछाडिका हिरो डा. साह सहित प्रयोगशालाका तिनवटै टिमका साथै देशका अन्य क्षेत्रहरुमा समेत परिक्षणमा खटिएका सम्पुर्ण जनता सेवकहरुलाई एसपी खवर सलाम गर्दछ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy