FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

‘ओली’ मधेशका लागि जहिले पनि बिबादितै नाम किन ?

निरन्तर सरकारको नेतृत्व गर्दा पनि मधेशमा बिबादितै

‘ओली’ मधेशका लागि जहिले पनि बिबादितै नाम किन ?

Foto Google

पुरन रौनियार
जनकपुरधाम, वैशाख १७ :
लकडाउन र महामारीको जोखिमका बिच पनि प्रधानमन्त्री विरुद्व मशाल जुलुस प्रदर्शन हुुनु सकारात्मक सन्देश होइन । तत्कालिन छ महिनाको मधेश आन्दोलनका बेला मधेशका लागि दुश्मन जस्तै नाम कमाएका प्रधानमन्त्री ओली त्यसपछि पनि मधेशमा आफनो सकारात्मक प्रभाव छोर्न सकेन । देशकै मुख्य कार्यकारी पदमा आसिन व्यक्तित्वले देशको सवै भुगोलमा आफनो व्यक्तिगत, पार्टी र सरकारको छवि सुधार गर्नु पर्नेमा ओली चुकेको जानकारहरु बताउछन् ।

Foto Google

सरकारको नेतृत्व गर्दा पनि मधेशमा बिबादितै

आम निर्वाचन पछि देशको नेतृत्व गरेसंगै ओली मधेशमा सकारात्मक रुपमा लिने नाम होला भन्ने आश गरिएको थियो । तर प्रधानमन्त्री भएपछि प्रथम पटक प्रदेश २ प्रदेशसभामा उपस्थित भएका ओलीलाई प्रदेशसभामा समेत विरोधको सामना गर्नुपरयो । राजपाका केहि सांसद मुद्दा सम्बोधन नहुदै मधेश विरोधीको सम्बोधन सुन्न नसक्ने आशय व्यक्त गर्दै प्रदेशसभाको सो बैठक बहिष्कार गरे । त्यस अगाडि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपु्रधामको जानकी मन्दिर आएका ओलीको मोदीकै आगमणलार्ई मध्येनजर गर्दै कारण कुनै विरोध भएन ।

प्रदेश २ मा सत्ता जनाउन नसक्नुले पनि ओली मधेशलाई आफनो पक्षमा पार्न सकेन । प्रदेश २ मा ओली विरोधी पार्टीहरुको सरकार बन्नु र मधेशका मुद्दाहरु सम्बोधन हुन नसकेपछि ओली प्रतिको मधेश सकारात्मक हुन सकेन । एमाले र माओवादी मिल्दा बनेको नेकपा प्रदेश २ मा पनि सवै भन्दा ठु्लो दल रहेपनि मधेशवादी दलहरुको अहिले सम्मको एकताका कारण सरकार बनाउन नसक्दा मधेशमा पार्टी र अध्यक्ष ओली प्रतिको बितृष्णामा सुधार गर्ने अवसर पाएका छैनन ।

मधेशमा बजेट अत्याधिक छुटयाइएको दावी गरिएपनि प्रदेश सरकार र यसका मुख्यमन्त्री देखि मन्त्री सम्मको संघिय सरकारको निरन्तरको विरोध र विभिन्न आरोपले त्यसलाई मत्थर पारेको देखिन्छ । हुलाकी सडकमा अहिले सम्मकै उच्च बजेट ल्याएको संघिय विभागिय मन्त्रीहरुद्वारा भाषणवाजी गर्न लगाइयो तर कार्यान्वयनमा देख्न नसकिए पछि त्यो दावी पनि सेलायो ।

किन भएन मधेश प्रतिको भावना सुधार

ओली मधेशका लागि सधै बैगुनी जस्तै हुनुमा उनको मधेश प्रतिको स्वभाव नै मुख्य रहेको जानकार र उनकै पार्टीका नेताहरु बताउछन् । २०६३/०६४ को मधेश आन्दोलन पछि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेताहरु माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड सहितकाले तत्कालिन मधेशका शक्तिहरुसंग अन्तिरम संविधान संसोधन सहितको सम्झौता गर्दा एकदमै रुष्ठ र आक्रोसित भएका ओली मधेश र मधेशी प्रति कहिल्यै सकारात्मक नरहेको बामपन्थी नेताहरुकै भनाई छ ।

मधेश आन्दोलनका बेला देखाएको अडान र दिएको कडा अभिव्यक्तिहरुका कारण समेत ओली मधेशका सत्रुको रुपमा स्थापित भएभने प्रचण्ड र नेपाल र बाबु्राम मधेशका लागि ठिकैको पात्र बन्न सफल भए । तर १४ वर्षको अन्तरालको यो विभिन्न आन्दोलन र त्यसवाट भएको परिवर्तणले पनि ओली जस्ताको त्यस्तै छन् । अहिले आएर पुनः लकडाउन र महामारीकै बिच पनि ओली विरुद्वको प्रदर्शन र नारावाजी मधेशमा हुन थालेको छ । कतिपयले मधेश र मधेशीको विरोध गरेकै कारण ओलीको राजनितिक कद बढेकाले पनि उनले मधेश विरोधी छवि अहिले सम्म अंगालेको हुन सक्ने अनुमान पनि छ ।

मधेशका मुद्दाहरु सम्बोधन गरेर मधेशमा सकारात्मक पहलकदमीका साथ अगाडि बढने आशा गरिएका वेला मधेशी दललाइ नै फुटाएर मधेश कमजोर पार्न लागेको षडयन्त्र वाहिर आएपछि उब्जिएको पछिल्लो राजनितिक घटनाक्रम र नेकपा भित्रै पनि ओलीको एकलौटी पाराको विरोधी खेमा मजबुत हुनुले समेत ओली संकटमा परेका छन् । मधेशवादी र विपक्षी कांग्रेसको ओली विरुद्वको मोर्चा र नेकपाका नेपाल, प्रचण्ड, गौतम र खनाल खेमा समेत ओली विरुद्व उभिएपछि ओली झनै संकटमा परेका हुन । यद्यपि ओलीलाई नजिकले चिनेकाहरुका अनुसार भने ओली संकटले घेरिएर असफल हुने स्थितीको सृजना भए उनले जे पनि गर्न सक्ने र देशमा नयाँ संकट उत्पन्न हुन सक्ने सम्मको सम्भावना व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy