FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कहाँवाट आयो अरगरीयामा यती महत्वकांक्षा ? संजय टकलाको दाहिने हात देखि पार्टी फोडने स्ट्राइकर सम्मको यात्रा

सचेतक भएपछि नेकपामा चिनजान बढाएको आरोप

कहाँवाट आयो अरगरीयामा यती महत्वकांक्षा ?  संजय टकलाको दाहिने हात देखि पार्टी फोडने स्ट्राइकर सम्मको यात्रा

पुरन रौनियार
जनकपुरधाम, बैशाख १२ :
एका समय तत्कालिन सांसद र जनकपुरधामका नेता संजय साहको दाहिने हात र मुख्य कर्ताधर्ता थिए उमाशंकर अरगरिया । साह जेल चलान भएपछि विजय गच्छदारसंग लागेका अरगरियाको महत्वकांक्षाहरु हदै सम्म दबिएको थियो । मधेशमा आफना सहकर्मीहरु सडकमा घनघोर आन्दोलन गरिरहँदा आफना नेता गच्छदारको सत्ता समिकरणका कारण सडक भन्दा घरमै समय बिताएका अरगरियालाई उपेन्द्र यादवले स्थापित गराएका हुन ।

संजय टकला र गच्छदारको मान्छे भनेर चिनिने अरगरीयलाई २०७४ सालको आम निर्वाचनकै संघारमा तत्कालिन संघिय समाजवादीपार्टीका अध्यक्ष यादव अरगरीयालाई एकाएक पार्टीमा मात्र भित्राएनन संघिय सांसदको टिकट दिएर निर्वाचनमा उतारे । चुनाव जितेका अरगरीयालाई यादवले होनहार भन्दै पार्टीको प्रमुख सचेतक बनाइरहँदा पार्टी भित्रै चर्को असन्तुष्टी र आक्रोसको सामना गर्नुपरेको एकनेताले बताए । तर पनि अध्यक्ष यादव उनलाई विश्वास गरेको बुझिन्छ ।

रेणुलाई भजाएर पैसा कमाउने धन्दा

नाम उल्लखे नगर्ने सर्तमा एकनेताले बताए अनुसार पार्टीमा सवै भन्दा बढी अन्यायमा परेकी नेता हुन रेणु यादव । रेणुको असन्तुष्टी जायज र स्वभाविक भनिरहेका नेताहरुले अरगरीया रेणुलाई भजाएर मोटो रकम कमाउने दाउमा पार्टी फुटाउन हिनेको आरोप लगाए । एसपी खवरले करिव आधा दर्जन नेताहरुसंग गरेको कुराकानीमा कसैले पनि नाम अहिले नलेख्न आग्रह गरे । तर अरगरीया र डा.सुरेन्द्र यादव जस्ता आयातित नेताहरुको महत्वकांक्षाको खुलेर विरोध गरेका छन् ।

नेतृ रेणु यादव प्रदेश अध्यक्षमा पराजित भएपछि रेणुलाई भडकाएर नेकपासंग लवीगर्दै पार्टी फोडने योजनाकार अरगरीयालाई देखाउदै नेताहरु अरगरीयाले अध्यक्ष यादवको भावनालाई आसमानवाट जमिनमा पछारि दिएको बताउछन् । पार्टीको प्रमुख सचेतक पद आफैमा गरिमामय र संसद भित्रको महत्वपुर्ण पद हो । तर अरगरीया प्रमुख सचेतक भएकै कारण नेकपामा चिनजान बढाउदै पार्टी फोडेर करौडौं कमाउने सम्मको योजना बनाएको नेताहरु बताउछन् । नेताहरुको अनुसार रेणु यादव त नाम मात्र हुन, उनलाई भजाएर आधादर्जन सांसदहरु मन्त्री, नियुक्ती र करौडौं पैसा कमाउने प्रलोभनमा परेको स्पष्ट हुन्छ ।

पार्टी फोडन सवै भन्दा बढि सक्रियता
घटना पश्चात नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनाललाई पनि सुन्ने हो भने अरगरीयाकै योजना, अगुवाइ र सक्रियतामा डा. यादवलाई फकाउने काम भएको देखिन्छ । डा. यादव राजनितिक व्यक्तित्व नभएको भन्दै नेताहरु अवसरको लागि जे पनि गर्न सक्ने भएकाले उनको कुनै दोष नरहेको उनीहरुको भनाई । डा. यादवले पनि सचेतक अरगरियाले आफुलाई फुल मन्त्री र केहि राजनितिक नियुक्तीको प्रलोभन दिएको प्रमाण तलको अडियोमा स्पष्ट सुनिन्छ ।

नेकपा (पुर्व माओवादी) स्रोतका अनुसार प्रधानमन्त्री ओलीका मान्छेहरु अरगरीयाकै माध्यमवाट रेणु यादवलाई समेत कन्भिन्स गरेको हुनुपर्दछ । पुर्वमन्त्री मो.इस्तियाक राईको व्यक्तिगत चिनजान र घनिष्ठता प्रधानमन्त्रीसंग भएपनि अन्य सांसदहरुलाई मिलाउने काम अरगरीयाले गरेको हुन सक्ने उनीहरुको दावी छ । यद्यपि प्लान फेल भएसंगै अरगरीयालाई करौडौंको नोक्सानी भएको उनीहरुको तर्क छ । अरु अरुलाई मन्त्री र नियुक्तिहरु दिएर पार्टी फोडने र आफु मोटो रकम कमाएर सरकारसंगको पावरमा बस्ने प्लान अरगरीयाको रहेको एकजना प्रदेश सांसदको दावी छ ।

कारवाहीको मांग
पार्टीका अधिकांश जिल्ला, प्रदेश र केन्द्रिय नेताहरु अरगरीया सहित पार्टी फुटाउन चलखेल गरेकाहरुलाई कारवाही गर्नुपर्ने मांग रहेपनि बोल्न सक्ने अवस्था नरहेको बताउछन् । कोरोना महामारी, नयाँ पार्टी एकता र मधेश माथी नै संकट रहेकाले अहिले हल्ला गर्नु उचित नभएको उनीहरु बताउछन् । यद्यपि उनीहरु नयाँ पार्टीमा नेतृत्व र पद समायोजन गर्दा यिनीहरुको चलखेल र गल्तीको कारवाही स्वरुप कारवाहीमुलक समायोजन गर्नुपर्ने मांग उठाउने बताउछन् । कारवाही गर्दा यिनीहरु पुनः पार्टी फोडन सक्ने भएकाले नेतृत्व मौन बस्नुको विकल्प नरहेको नेताहरुको दुःखेसो छ । सवैकाम अरगरीयाले गरेपनि पार्टीका शिर्षनेताहरु रेणुको घरमा बसिदिएपछि अरगरीयाले घटनालाई अंजाम दिन नसकेको बुझाई छ । नेताहरुको आरोपको विषयमा कुराकानी गर्न अरगरीयालाई फोन गर्दा उनको मोबाइल निरन्तर स्वीच अफ रहेको छ ।

यस्तो छ पार्टी फोडने योजना बनिरहेको होटल अगाडी नेताहरुले गरेको अवरोध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

6 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy