एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १२ : नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले घरमा लुकेर कुकर्महरु गर्ने प्रधानमन्त्री ओलीलाई बाहिर आएर देखाउन चुनौती दिएका छन् । एक टेलिभिजनसंगको अन्तरवार्तामा पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले बिना अध्यादेश फिर्ता संसदमा आए विपक्षीले देखाइ दिने चेतावनी दिएका छन् । उनले भने, ‘हिम्मत छ भने बिना अध्यादेश फिर्ता संसद चलाएर र संसदमा आएर देखाइयोस ।’
अध्यादेश फिर्ता गरेर मात्र हुदैन भन्दै युवा नेता थापाले पटक पटक सम्बोधन गरे झै पुनः लाइभ सम्बोधन गरि देश र जनतासंग मैले गल्ती गरेकै हुँ भन्दै माफी माग्न समेत मांग गरेका छन् । जनतालाई घरमा थुनेर आफु विरामीको वाहानमा घरमै बस्ने अनि जनता र राजनिति विरोधी कुकर्महरु गर्ने छुट प्रधानमन्त्रीलाई नरहेको नेता थापाको आरोप छ । उनले लकडाउन भएर मात्र आफुहरु चुप बसेको बताए । यदि नैतिकता हो भने ओली प्रधानमन्त्रीमा बस्नुको कुनै तुक नरहेको उनको भनाई छ । थापाले राष्ट्रपति देश र जनताको नभई प्रधानमन्त्री ओली गुटको राष्ट्रपति प्रमाणित भएको दावी गरेका छन् । वहाँ अव नेकपा पनि होइन, ओली गुटको राष्ट्रपति हुनु भयो, थापाको तर्क थियो ।
हेर्नोस अन्तरवार्ता