एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ : नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा अगामि सरकार बन्ने बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व मन्त्री समेत रहेका ढकालले देउवा, ओली र प्रचण्डको नाम चर्चामा रहेको अवस्थामा प्रधानमन्त्रीका लायक तिनैजना मध्ये ओली नै रहेको दावी गरेका छन् ।
उनले आफनो पार्टी एक्दै चुनावमा जाँदा थ्रेस होल्ड कटाउनु पर्ने र कम्तीमा डेढ लाख मत ल्याउँदा मात्र सांसदको निश्चितता हुने भएकाले सुर्य चिन्ह लिएर चुनावमा गएको र अव एक लाख मात्र मत आएपनि एक सिट सांसद हुने पाउने बताए ।
आफु सुर्य छापमा समानुपातिक उम्मेदवार रहेकाले देशै भरिमा मत माग्ने क्रममा मधेश प्रदेशमा आएको आफनो पार्टीले देशै भरिमा सुर्य छापमा करिव डेढ लाख मत दिने उनको दावी छ । जनकपुरधाममा विहिवार पार्टीको भेला रहेको समेत उनले जानकारी गराएका छन् ।