FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


त्रासका बिच नयाँ वर्ष २०७७ को आगमण, यस्तो छ विशिष्ठ व्यक्तित्वहरुको सन्देश

महामारी रहुञ्जेल सम्म तलव नलिने प्रधानमन्त्रीको घोषणा


त्रासका बिच नयाँ वर्ष २०७७ को आगमण, यस्तो छ विशिष्ठ व्यक्तित्वहरुको सन्देश

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ :
आजबाट विक्रम संवत् २०७७ साल, अर्थात नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर घर घरवाटै एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने गर्दछन् ।
तर यस वर्षको नयाँ वर्ष मनाउने शैली भने बिलकुल फरक छ । विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर, पिकनिक मनाएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् । घर घरवाटै इन्टरनेटका माध्यमले ईष्टमित्र, आफन्तजन र परिवारजन सहित देशवासी र विदेश बस्ने सम्पुर्ण नेपालीमा शुभकामना दिने बाध्यात्मक परिस्थिती रहेको छ । कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो यस वर्ष कुनै पनि भिडभाड, घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएकाले नयाँ वर्ष मनाउने नयाँ बाध्यात्मक स्वाद चाख्दे अवस्था नेपाली जनता समक्ष छ । जनकपुरधामको जानकी मन्दिर काण्ठमाण्डौको पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरहरुमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन ।

यस्तो छ नयाँ वर्षमा विशिष्ठ व्यक्तित्वहरुको सन्देश शुभकामना सन्देश

राष्ट्रपती विद्यादेवी भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औंल्याएकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन


उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् । कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् । जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरेका छन् । विषम परिस्थितिका बीच नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भनेका छन, ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’ प्रधानमन्त्री ओलीले भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् । उनले भनेका छन, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’ प्रधानमन्त्रीले कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् । कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताउँदै उनले संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन, ‘कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ । सँगसँगै रोजीरोटीको जोहो गरिने छ ।’ प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा उल्लास मनाउने बेलामा साह्रै अप्ठेरो परिस्थितिबाट गुज्रिनु परेको पनि बताएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटा


सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गरेका छन् । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध संघर्ष गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।’ जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा मिलोस् भन्न कामना पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह


पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको दाबी गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड(१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताएका छन् । उनले अघि भनेका छन, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’ पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उनको सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’ यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल


नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् । नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन् । प्रचण्डको सन्देशमा लेखिएको छ, ‘नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’ प्रचण्डको सन्देशमा थप लेखिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्रा्ष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’ प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न अपील समेत गरेका छन् । उनले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । उनले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन् । नयाँ वर्ष वि.सं. २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाईसघाइरहेको बताएका हुन् । नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेता देउवाले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह पनि गरेका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

5 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy