एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : नेपाली कांग्रेसको सहमहामन्त्रीमा नव निर्वाचित धनुषाका नेता महेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसको पदाधिकारीहरु मध्ये उनले मात्र जितेका छन् । शनिवार प्रमाण निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेसंगै उनले पदभार ग्रहण गरेका हुन ।
पुर्व खानेपानी तथा सरसफाई मन्त्री समेत रहेका यादव कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा समेत प्रभावकारी भुमिका निर्वाह गर्दै आफनो प्यानलै जिताउन सक्रियता देखाएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्यको प्रत्यासी समेत रहेका उनले नेपाली कांग्रेस अव एक भएर अगामि सबै चुनौती पार गर्न सफल हुने बताए ।