एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : माघ सात गते हुने एनईए निर्वाचनको विषयमा ईन्जिनियरहरुको नन पोलिटिकल संगठन नेशनल इन्जिनियरिङ्ग एशोसिएसन नेपालले छलफल गरेको छ । काठमाण्डौंको तिनकुनेमा भएको कार्यक्रममा दलित संगठनहरु प्रति विश्वास घटदै गएकाले संगठनलाई समुचित हिसावले अगाडि बढाउनु पर्ने वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एनईएका पुर्व केन्द्रिय सदस्य तथा सिडिई अम्बिकेश कुमार झाले दलिय तन्त्रलाई यस्ता संगठनहरुबाट पराजित गरि प्राविधिक इन्जिनियरहरुको समुचित हकहितका लागि कसरी काम गर्ने ? त्यस विषयमा योजना बनाएर युवा इन्जिनियरहरुलाई बुझाउन आवयश्क रहेको बताए ।
एशोसिएसन नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष रघुनन्दन ठाकुरले पनि दलिय संगठनहरु लक्षित वर्गको समुचित विकास र हकहित भन्दा दलिय कार्यक्रताको रुपमा काम गर्ने गरेकाले त्यसको भण्डाफोर आवयश्क रहेको बताए । कार्यक्रममा प्रदेश २ सभापतीका उम्मेदवार गौरी पण्डित, कोषाध्यक्ष उम्मेवार तेज नारायण यादव सहितको उपस्थिती थियो ।