FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


डाक्टर भन्छन–मुख्यमन्त्री ज्यू आफनो दायित्व पनि हेर्नोस, डर त भै हाल्छ नि ! होर्नोस विस्तृत समाचार

औषधी पसले नै हुन अहिले समान्य विरामीका डाक्टर र भगवान


डाक्टर भन्छन–मुख्यमन्त्री ज्यू आफनो दायित्व पनि हेर्नोस, डर त भै हाल्छ नि ! होर्नोस विस्तृत समाचार

पुरन रौनियार
जनकपुरधाम, चैत १९ :
एसपी खवरले मंगलवार वेलुकी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भनाई उद्दृत गदै विरामीवाट भाग्न खोज्ने चिकित्सकको लाइसेन्स खारेज गर्नोस भन्ने शिर्षकमा समाचार प्रकाशित गरयो । समाचार भाइरल भयो र हजारौं हजारले यसलाई फेसबुक तथा टवीटरमा शेयर गरे । यसको अर्थ नेपालका निजी क्लिनीक सञ्चालन गर्ने डाक्टरहरु संग नेपाली जनता सन्तुष्ट छैनन् भने प्रमाणित हुन्छ । फेसबुकमा म (लेखक) आफै शेयर गरेको यसै समाचारमा केहि चिकित्सहरुले मुख्यमन्त्री तथा नेताहरुको विरोध गरेपनि आम सर्वसधारण मुख्यमन्त्रीको कुरामा सहमती जनाएको देखिन्छ ।

यद्यपि मुख्यमन्त्रीको अभिव्यक्ति प्रति प्रदेशका चिकित्सक आक्रोस व्यक्त गर्छन । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रामनरेश पण्डित एसपी खवरलाई बुधवार विहानै फोन गरि मुख्यमन्त्रीको अभिव्यक्ति समय सान्दर्भीक नभएको जिकिर गरे । उनले भने, तपाई कै समाचारको तस्वीरमा मुख्यमन्त्री ज्यूले प्रयोग गर्नु भएको एन ९५ मास्क समान्य व्यक्तिका लागि होइनन, तर मुख्यमन्त्री ज्यूले कसरी लाउनु भो ? थप प्रश्न गर्दै डा. पण्डितले मुख्यमन्त्री सहित सरकारका मन्त्रीहरु पावर र पहुँचको आधारमा सो मास्क प्रयोग गरिरहेको आरोप लगाएका छन् । डा. राउतका अनुसार सो मास्क संक्रमण पहिचान भइसकेका अस्पतालमाहरु उपचारमा खटने चिकित्सक र विरामीका आफन्तले लाउनु पर्ने मास्क हो त्यो एन ९५ मास्क ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोहि मास्क प्रयोगको विषयमा भर्खरै दिएको अभिव्यक्ति सुनाउदै डा. पण्डितले भने यो समय डाक्टरलाई चेतावनी दिने समय होइन फकाएर सम्झाएर हौसला प्रदान गर्ने सयम हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एन ९५ मास्क सहितका पिपिई समान्य मान्छे लगाएको पाइए कोरोनाको उपचारमा उसैलाई खटाउने अभिव्यक्ति दिएका छन् । डा. पण्डितले विश्वका सवै देशका सरकारले चिकित्सकहरुको हौसल प्रदान गरिरहेको स्मरण गराउदै स्रोत र साधनको अभाव रहेको देश नेपालमा यस्तो अवस्थामा सरकारले चिकित्सकलाई हप्काउनु ठिक नहुने बताए ।

शहिद गंगालाल हृदय केन्द्र जनकपुरधाम शाखामा कार्यरत हृदय रोग विशेषज्ञ डा. राजेश साहसंग सम्पर्क गर्दा काममै रहेका डा. साहले समेत मुख्यमन्त्री राउतको अभिव्यक्तिको लागि सहि समय नरहेको बताए । ओपिडी बन्द रहेपनि आफुहरु काम गरिरहेको उनले बताए । सरकार र चिकित्सक दुवै पक्षमा त्रुटी रहेको स्वीकार गर्दै डा. साहले यो समय हप्काउने भन्दा बिन्रमताका साथ फकाएर काम लिने समय भएको बताए । विश्वका शक्तिशाली देशहरु कोरोनावाट परेशान रहेकाले चिकित्सकहरुमा त्रार र डर हुनु स्वभाविक रहेको उनले बताए । डा. भगवान कोइराला जस्ता चिकित्सा क्षेत्रका कडा प्रशासकको भर्खरै प्रकाशित लेख पढन समेत उनले मुख्यमन्त्री राउतलाई सुझाव दिएका छन् ।

भाषण र चेतावनी दिएर मात्र नहुने बताउदै चिकित्सहरुले प्रदेश सरकारले चिकित्सका लागि उपयुक्त बातावरण बनाउन तर्फ अग्रसर हुन प्रदेश सरकारलाई आग्रह गरेका छन् । भारत, अमेरिका, स्पने, इटली जस्ता देशका सरकारहरुको एउटै भरोसा चिकित्सक क्षेत्र रहेको र दैनिक हात जोडेर मनोबल बढाउने काम गरिरहेको समयमा प्रदेश सरकारको यस्तो अभिव्यक्तिले चित दुःखेको उनीहरुको भनाई छ ।

जनताको नजरमा अहिलेको चिकित्सा क्षेत्र

अहिले चैत महिनाको समय हो । यस महिनामा जाडो सकेर गर्मी प्रारम्भ हुने भएकाले पनि समान्य ज्वरो, रुघाखोकी स्वभाविक हो तर ई समान्य विरामीका लागि समेत अहिले चिकित्सक उपलब्ध नहुदाँ त्यसकारण समेत जनता थप भय र त्रासको जिवन यापन गर्न बाध्य छन् । पेशाकर्मी र सेवागत पेशाकर्मीमा फरक हुन्छ । सुरक्षाकर्मी, चिकित्सक, सञ्चारकर्मी, मानवअधिकारकर्मी, कलाकार आदीप्रति देशको वेग्लै अपेक्षा र जिम्मेवारीबोध हुन्छ । देश त्यतीकै यस पेशाकर्मीहरु प्रति गर्व गर्दैन होला केहि न केहि अपेक्षा त अवश्य होला नै ।

ति पसले जस्ले अझै दैनिक सैयौं विरामीको सेवा गर्छ

जनकपुरधामको रामानन्दचौकमा दशकौं दशक देखि औषधी पसल सञ्चालन गर्दै आएका मनोज सिंहका लागि लकडाउनको समय झनै व्यस्ताको समय भएको छ । डाक्टरहरुको उपचार नपाएपछि हतास हुदै आउने समान्य विरामीहरुका लागि अहिले सिंहकै औषधी र परामर्श अमृत सावित भएको छ । सिंहले आफु डाक्टर नरहेपनि दशकौ दशकको अनुभव र भारोसाकै कारण विरामीहरु आउने गरेको र इश्वरको कृपाले सवैलाई निको हुने गरेको बताउछन् । हिजो मैले वहाँहरुवाटै केहि आम्दानी गरेर कमाएर घर चलाउदै आएको छु तर आज परेको वेला कसरी बन्द गरेर भाग्नु ? सिंहको भनाई छ । यद्यपि उनले सुरक्षा सतर्कता अपनाएको बताए ।

औषधी व्यवसायी सिंह नाकमा मास्क, हातमा पञ्जा र कपालमा समेत पिपिइ किट लगाएर ज्वरोका विरामीलाई नछोई विरामीलाई थर्मामिटरले आफै ज्वरो नाप्न लगाई औषधी दिने गरेका छन् । पसलमा भिड भए दुरी बनाएर लाइनमा बस्ने र पालै पालो औषधी तथा परामर्श दिने व्यवस्था उनले गरेका छन् । सिंहको जनसेवा औषधी पसलमा जनकपुरधाम वडा नं. ८ मात्र नभई करिव आधा दर्जन वडाका समान्य विरामीहरु औषधी लिन आउने गरेका छन् । दशकौंको अनुभवी सिंह ग्राहकका लागि भरपर्दो चिकित्सक नै हुन । उनको पसलमा आउने विरामीहरु उनलाई कुनै पनि डाक्टर भन्दा कम मान्दैनन । विभिन्न राजनितिक दलका नेताहरु समेत विशेषज्ञ चिकित्सक पुग्नु भन्दा अगाडि सिंहसंग परार्मश लिने गरेका छन् । उनी धेरैको पारिवारिक चिकित्सय सल्लाहकार समेत हुन । कोरोनाको हल्लाका बिच समान्य ज्वरो लागेका विरामीहरुका लागि अहिले उनको औषधी र परार्मश डर र त्रास भगाउने राम वाणको काम गरिरहेको छ ।

औषधी पसलेले विरामीलाई सुरक्षा सहित पालैपालो सेवा दिदै

यि त एक उदाहरण मात्र हुन, जनकपुरधाम प्रादेशिक अस्पताल अगाडि र छेछाउका अधिकांश औषधी पसल पनि बन्द छ जबकी औषकी पसल बन्द नगर्न सरकारले भनेको छ । तर जस्को मनमा सेवा भाव छ उ अझै पनि पसल खोलेका छन र आउने विरामीलाई सवै लक्ष्ण कोरोना नै होइन भन्दै डर र त्रास न्युनीकरणमा भुमिका निर्वाह् गरिरहेका छन् । चिकित्सकले आफनो पेशा र त्यसको मर्यादा तथा प्राथमिकता बुझन जरुरी छ । निजि क्लिनीकमा सुरक्षाका सवै उपाय अपनाएर चिकित्सकहरु उपचारलाई सुचारु गर्नु पर्दछ । शंकाष्पद विरामीहरुलाई परार्मश दिनुपर्दछ । नभए अज्ञानतावस पनि समाजलाई झनै संक्रमणको खतरा छ । सरकारले १ सय दशमलव ४ भन्दा माथीका विरामीलाई सरकारी वा कोरोना परिक्षण स्थलमा रेफर गर्न भनेकै छ । तर त्यस भन्दा मुनिका विरामीहरु किन उपचार पाइरहेका छैनन ? प्रश्न छ ।

प्रदेश २ सरकारले दायित्व र जिम्मेवारी बोध नगरे कारवाही गर्ने बारे आज जारी गरेको विज्ञप्ती

यसै सन्दर्भमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा चिकित्साक्षेत्रका कडा प्रशासक मानिने डा. भगवान कोइरालाको अन्तरवार्ता (साभार : कान्तिपुर टिभी)



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy