एसपी रिपोर्टर
जनकपुरधाम, असोज २० : नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले मधेशमा कांग्रेस रहेमात्र देशमा कांग्रेस रहने बताएका छन् । नेपाली कांग्रेस धनुषा जिल्ला भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै उपसभापती निधीले देशले कांग्रेसलाई खोजिरहेको भन्दै मधेशमा कांग्रेस नभए देशमा कांग्रेस हुन नसक्ने बताएका छन् ।
देशले कांग्रेसको नेतृत्व चाहेको भन्दै उनले जनताले आगामि निर्वाचनको ब्यग्रताका साथ प्रतिक्षा गरिरहेको बताए । उनले अगामि निर्वाचनबाट देशको बागडोर कांग्रेसलाई दिन जनता र देश चाहिरहेको बताएका छन् । उनले प्रधानमन्त्री तथा पार्टी सभापती शेरबहादुर देउवासंग आफनो निरन्तर संवाद भइरहेको समते बताए ।
उनले अगामि निर्वाचनमा कांग्रेस र रुख चिन्हलाई विजयी गराउनकै लागि आफुले सभापतीमा उम्मेदवारी दिएको दोहराएका छन् ।