एसपी रिपोर्टर
जनकपुरधाम, असार २१: विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले संविधानको रक्षाका लागि सोमबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सहभागी भ्रातृसंगठनका विद्यार्थी नेताहरुले संविधानको धारा ७६ लागु गर्न माग गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधिसभा विघठन गरेपछि विपक्षी दल आवद्ध संयूक्त विद्यार्थी संगठन धनुषाले संविधानको रक्षाको लागि भन्दैै प्रदर्शन गरेका छन् ।
स्थानीय रेल्वे स्टेसनबाट निस्केको र्याली भानुचोक, शिवचोक हुँदै जनकचोक पुगेर संविधान प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो । संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध र्यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।
संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा र अखिल छैठौँ लगायत संगठन आबद्ध छन् । विद्यार्थी नेता रक्की प्रसाद साहले प्रतिगमण विरुद्वको अभियान सफलता प्राप्त नभए सम्म जारी रहने बताए ।