FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेशी दलको चाल, मधेश नहि देगा तो राजधानी कैसे लेगा ?

जनता भन्छन, ‘प्रदेश २ को दलको राजनिती पहिचान भन्दा पैसाको लागि

मधेशी दलको चाल, मधेश नहि देगा तो राजधानी कैसे लेगा ?

पिजी पत्रकार
जनकपुरधाम, चैत ६ :
सत्तारुढ मधेशी दलहरु सपा र राजपाको मधेश प्रदेश प्रस्ताव असफल भएपछि उनीहरुले तत्काल राजधानी समेत नतोकेर नेकपा र कांग्रेसलाई गलाउने रणनिति बनाएको छ । मधेश प्रदेशको पक्षमा दुइ तिहाइ ७२ मत नपुगे पछि मधेशीदलले राजधानीलाई समेत तत्काल होल्ड गरि राजधानीलाई अस्त्र बनाएर विपक्षीलाई गलाउने रणनिति तय गरेको हो । यद्यपि सत्तापक्ष र विपक्षले भने पुर्व सहमती अनुसार आफुहरु जनकपुरधामका लागि मतदान गरेको दावी गरिरहेको छ । राजधानीका लागि कुल संख्या १ सय ७ मध्ये जनकपुरधामको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत परेको छ भने ३ मत बोकस भएको छ । नेकपा र कांग्रेसले जनकपुरधामको पक्षमा परेको ५२ मत आफुहरुकै रहेको बताएर जनकपुरधामको पक्षमा बोलेका छन । इ दुवै दलको ३२ र १९ गरि कुल ५१ मत हुन्छ । उता सत्तारुढ सपा र राजपाले पनि आफुहरुको कुल ५५ मत मध्ये तिन बोकस भएर ५२ मत जनकपुरधामलाई परेको बताइरहेको छ । राजधानीका लागि यस अघि जनकपुरधामको पक्षमा सर्वदलिय सहमती भइसकेकाले जनकपुरधामको विपक्षमा बोल्ने हिम्मत दुवै पक्षमा देखिदैन ।

राजधानीका लागि निर्णायार्थ प्रस्तुत भएको तिनवटा प्रस्तावहरुमा अन्य दुईवटा प्रस्तावहरु क्रमश बृहतर बिरगंज (मैत्रीपुल–जितपुरसीमा–लक्ष्मणवा–बिन्दवासिनी) को पक्षमा ३७ मत र बिरगंज महानगरपालिकाको पक्षमा ३३ मत परेको हो । राती करिव डेढ बजे सम्म चलेको प्रदेशसभाको बैठक र मतदानले पनि प्रदेश २ को नाम र राजधानी तय गर्न सकेन । प्रदेशको नाम र राजधानीका विषयमा सवै भन्दा संवेदनशिल मानिएको प्रदेश ३ को नाम र राजधानी समेत नेकपा र कांग्रेसले मिलेर सफल गर्न सकेको अवस्थामा योजना र बजेट भागबण्डामा सहोदर भाइ÷भाई जस्तै देखिने प्रदेश २ को सत्तापक्ष र विपक्षले सहमती गर्न नसक्नुले जनतालाई दुखित तुल्याएको छ । प्रदेश २ का जनता यहाँको राजनिती र दलहरु मधेशको नाम र पहिचान भन्दा पनि बजेट र योजना तथा कमाईको लागि मात्र रहेको पुष्टी भएको टिप्पनी गर्न थालेका छन् ।

प्रदेश २ को नाम तत्काल प्रदेश २ र जनकपुरधाम अस्थाई नै रहेने भएको छ । चौथो तथा अन्तिम प्रस्तावका रुपमा राती भएको मतदानमा मधेश प्रदेशको पक्षमा कुल ६० मत मात्र परेको छ । प्रदेशसभाको १ सय ७ मध्ये सत्ताधारीको ५५ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजवादीको एक गरि ५६ मत निश्चित रहेपनि अन्यदलवाट मात्र ४ मत प्राप्त भएपछि सत्तारुढ दलहरुको यो प्रस्ताव समेत अस्वीकृत भएको छ । यस अघि क्रस भोटिङ्ग भएर मधेश प्रदेश कायम हुने सम्भावना व्यतm गरिएको थियो । तर दलहरुले जारी गरेको ह्वीप अनुसार नै अधिकांश सांसदले मत खसालेपछि मधेश प्रदेशको सम्भावना समेत तत्कालका लागि टरेको छ । एता मधेश प्रदेश स्वीकृत भएसंगै सत्तारुढ दल राजपा र समाजवादी पार्टीको बैठक बसेको छ । नाम तर्फ नेकपाको जानकी प्रदेशले ३७, कांग्रेसको मिथिला भोजपुराले २८ तथा चारजना कांग्रेस सांसदको सांसदले बेग्लै दर्ता गराएको मध्य मधेशले अहिले सम्मको सर्वा्धिक ४२ मत पाएपनि दुइतिहाइ नभएकाले अस्वीकृत भइसकेको छ ।

अर्को संजोग प्रदेशभसामा कुल १ सय ७ सांसदमा महिला सांसदहरुको संख्या ३७ रहेको र जानकी प्रदेशको पक्षमा ३७ मत पनि प्राप्तको संजोग मिलेको छ । ३२ जना सांसदहरु रहेको नेकपाको जानकी प्रदेशले ३७, १९ जना सांसद रहेको कांग्रेसको मिथिला भोजपुराले २८ मत पाएको छ । जवकि चारजना मात्र कांग्रेसका सांसदहरुले बेग्लै दर्ता गराएको मध्य मधेशको प्रस्तावको पक्षमा ४२ मत खसेको छ । कांग्रेसको दलिय आधिकारिक प्रस्ताव भन्दा बागी प्रस्ताव १५ मतले आगाडि देखिएको छ । सत्तारुढ दल समाजवादीको ३० र राजपाको २५ र रिजवान अन्सारी नेतृत्वको संघिय समाजवादी नेपालको एक गरि मधेश प्रदेशको पक्षमा ५६ मत छ भने दुइतिहाई पुरयाउन ७२ ल्याउनु पर्ने अवस्था छ । प्रदेशको नाम र राजधानीका लागि अव पुनः सुरु देखि अर्को प्रक्रिया गर्नुपर्ने हुन्छ जस्मा पुनः लामो समय लाग्न सक्ने छ । एता कोरोनाको त्रासका कारण प्रदेशसभा बैठक समेत बस्न सक्ने अवस्था नरहेकाले प्रदेशको नाम, पहिचान, र मुकाममा अन्यौलता छाएको छ । मधेशी दलले जनकपुरधामवाट राजधानी भाग्ने कुनै सम्भावना नरहेकाले मधेशको लागि लडाई लडिरहने बताउछन् । राजपाका एकजना सांसदले पारित नभएपनि जनकपुरधाम राजधानी रहेको र अहिले नाम र पहिचान मुख्य विषय रहेकाले कांग्रेस र नेकपालाई गलाउनुको विकल्प नरहेकाले जनताले पनि सो कुरा बुझन पर्ने बताउछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

17 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

12 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy