एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
प्रदेशसभाको कार्यक्रममा भाँडभैलो मचेको छ । सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा तत्कालिन राजपाको तर्फबाट मन्त्री जितेन्द्र सोनल र फोरमबाट मुख्यमन्त्री लालबाबु राउतलाई मात्र वक्ताका रुपमा बोलाइएपछि अन्य मन्त्रीहरु कार्यक्रम वहिष्कार गरेका छन् ।

प्रदेशसभा स्थापनाको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री सोनललाई बोल्न बोलाएपछि राजपाबाट मन्त्री भएका नवल किशोर साह र रामनरेश राय तथा फोरमबाट मन्त्री भएका ज्ञानेन्द्र कुमार यादव मञ्चबाट उठेर वाहिरएका छन् । एसपीखवरले तपाँइहरु कता ? भनेर प्रश्न गर्दा जरुरी काम रहेकाले जान लागेको मन्त्रीहरुले बताएका छन् ।

कुनै पनि कार्यक्रम हुँदा राजपाको दलका नेताका रुपमा सोनल र फोरमको नेताका रुपमा मुख्यमन्त्री मात्र बाल्ने गरेपछि जसपामा बारा पर्सा मात्र हावी हुने गरेको आवाज जसपा भित्र निरन्तर उठदै आएको छ ।