एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ : उनको (डा. ओम मुर्ति अनिल) फेसबुक पेज हेर्दा उनी दिपावली काठमाण्डौंमै गरेर भोलीपल्टै करिव एक सप्ताह अगाडि महोत्तरी स्थित गाउँ धमौरा आएको हुनुपर्दछ । यस क्रममा दुर दराज बस्ने पारिवारिक सदस्यलाई पुर्खौली घर तान्ने लोक आस्थाको महा पर्व छठ परिवारसँगै बसेर मनाएका डा. ओम मुर्ति अनिल पारिवारिक मात्र नभई समाजिक, परोपकारी र जनचेतना मुलक सात दिनमा ७० काम गरेको देखिन्छ ।

उनको गत एक सप्ताह को गाउँको दैनिकी पछ्याउँदा उनले परिवारमा एकता, सदभाव, भाई भाई बिचको स्नेह र अटुट नाता सहितका अनेकन प्रत्यक्ष अप्रत्यक्ष सन्देश मुलक भिडियो समाग्री बनाएर पोष्ट गरेका छन् भने हरेक वर्ष जस्तै यस वर्ष पनि आफनो दक्षता मुटुरोग विशेषज्ञता र त्यस संग सम्बन्धित विभिन्न रोग बारे स्थानीयलाई निशुल्क जाँच तथा परामर्श दिई परोपकारका काम पनि गरेको देखिन्छ ।

उनले आफनो दाजुभाई संग ब्याडमिन्टन, गाउँले युवाहरु संग क्रिकेट र स्थानीयहरु संगै मर्निङ वाक (विहानी घुमघाम) गरेको दृश्यहरु समाजिक सञ्जालमा समान्य जस्तो लाग्छ तर त्यसले अनेकन सन्देश दिन्छ । मातृभूमि गाउँ प्रतिको स्नेह, पारिवारिक सदभाव, स्वास्थ्यका लागि समय र समाजिक अभियान तिन दृश्यहरूले दर्साइरहेको छ ।
छठ पूजामा खरना विधी देखि पारन सम्मको विभिन्न जानकारी, त्यस क्रममा उचारण गरिने संस्कृतका मन्त्र र त्यसका अर्थ बारे उनले दिएको जानकारीले छठको थप गरिमाको प्रचार गरेको छ । खास गरि स्वास्थ्य र स्वस्थ जिवनशैली बारे सन्देश मुलक समाग्री पस्केर समाजिक सञ्जालमा राम्रो दर्शक र स्रोता जोडन सफल डा. ओम मुर्ति हरेक वर्ष गाउँमा आएका बेला स्थानिय वृद्धवृद्धा र विरामीहरूका लागि निशुल्क जाँच र परामर्शको सेवा दिदै आएका छन् ।

गाउँ स्थित उनका सहयोगी रामेश्वर मण्डलका अनुसार गाँउमै राम्रो चिकित्सा सेवा पाउने आशाले विरामीहरु विहानै उनको घरमा पुग्न थाल्छन् । विहानको हिँडडुल र नित्य कर्म पछि करिव ९ बजे देखि दैनिक उनको घरमा आशा सहित आइपुग्ने करिव सय भन्दा बढि विरामीलाई निशुल्क जाँच, उपलब्ध औषधि र परामर्श दिने गरेका उनले साँझ गाउँको भजन मण्डलीलाई बोलाएर मन शान्तिका लागि धार्मिक भजन कीर्तनमा स–परिवार सरिक हुने गरेका छन् । उनले मनको शान्ति सबै भन्दा ठुलो उपलब्धी रहेको बताउने गरेका छन् । उनको यस गतिविधिले मन शान्त र खुसी राख्नाले मुटुरोगबाट बच्न सक्ने सन्देश प्रवाह गर्दछ ।
बुधवार काठमाण्डौं जान लागेको उनले मंगलवार स्थानिय युवाहरु संग क्रिकेट खेल्ने समय दिएका रहेछन् । उनलाई भेट्न अनेकन भीआईपी, प्रहरी प्रशासन प्रमुखहरुले सम्पर्क गरे तर उनले आफुसँग आशावादी ति खेल प्रेमी युवाहरुलाई समय दिए । डा. ओम मुर्तिको यस गतिविधिले समाजबाट कुनै खास क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्ति समाजका लागि कसरी आफना कर्तव्यको बोध गर्नुपर्दछ र भन्ने कुरा पनि दशाईरहेको छ । आफुसँग दक्षता विज्ञता भएका व्यक्तित्वले समाजलाई निशुल्क यसरी केहि समय र सेवा दिदा चौतर्फी समाजिक हित हुने एसपी खवरको बुझाई छ ।





