एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ८ :
जनकपुरधाम उपमहानगरपालिका–१ का पूर्व वडाध्यक्ष शत्रुधन साहले छठ पर्वलाई लक्षित गर्दै वडाभित्रका दलित तथा विपन्न समुदायकी व्रतालु महिलालाई सारी वितरण गरेका छन्।

पूर्व वडाध्यक्ष साहले २ सय २५ जना व्रतालु महिलालाई सारी वितरण गरेका छन् । उहाँले हरेक वर्ष छठको पूर्वसन्ध्यामा व्रतालु महिलाहरूलाई सारी वितरण गर्दै आएको छन् ।

सारी वितरण कार्यक्रममा बोल्दै पूर्व वडाध्यक्ष साहले भने , “छठमा नयाँ लुगा लगाउने परम्परा छ, तर धेरै विपन्न परिवारसँग त्यसका लागि आर्थिक सामर्थ्य हुँदैन । त्यसैले तथ्यांक संकलन गरी ती महिलाहरूलाई सारी वितरण गरिएको हो ।”

कोभिड–१९ संक्रमणको समयमा विपन्न नागरिकलाई निःशुल्क भोजन वितरण गरेर चर्चामा आएका साह सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरका पूर्व प्रमुख लालकिशोर साह, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, लोसपा नेता चन्द्रनारायण मण्डल, युवा नेता प्रशान्त झा, अधिवक्ता कृष्ण झा लगायतको उपस्थिति रहेको थियो।