एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ :
जनकपुरधाम मेयरकप २०७९ को दोस्रो दिनको पहिलो खेलमा बारा र दोस्रो खेलमा सिरहा विजयी भएको छ । शुक्रवार विहान ९ बजे देखि जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी अन्ताराष्ट्रिय बहुद्देश्य रंगशालामा भएको पहिलो खेलमा हेटौडालाई २० रन पराजित गर्दै बाराले विजयी सुरुवात गरेको छ ।

एकदमै राम्रा ब्याट्सम्यानहरु सहित आक्रमक रुपमा खेलेको बाराका खेलाडीहरुको ब्याटबाट छक्का र चौकाहरु प्रहार हुँदा खेल रोमाञ्चक बनेको थियो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको बाराले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ४४ रनको योगफल तयार गरेको थियो ।

उनका लागि साहिल पटेलले ४१, अरनिको यादव २४ रन जोडेको थियो । हेटौडाका लागि बिशाल फुयाल २ विकेट लिदाँ अर्का बलरहरु राम नरेश गिरी, रिजन ढकाल र शुभ कन्साकार एक/एक विकेट लिएका थिए । प्रतिउतरमा ब्याटिङ्गका लागि मैदान उत्रेको बागमती प्रदेशको राजधानी हेटौडा टिम २० ओभर खेल्दै ९ विकेटको क्षतीमा मात्र १ सय २४ रन जोडन सक्यो ।

उनका लागि विशाल फुयाल २४ र गौरभ खडकाले २३ रन जोडदा सुमन सुनारले २२ रन बनाए भने अन्य ब्याट्सम्यान चलेन । बाराका लागि अनिल कुमार साह ३ विकेट लिए भने कुमार थापा र अरनिको यादव दुई/दुई विकेट लिएका छ्न । सो खेलको म्यान अफ दी म्याच बाराका अरनिको यादव चुनिए ।

सिरहा टिम

आजै दिउँसो ३:३० बजे देखि भएको दोस्रो खेलमा महोतरीलाई १३ रनले पराजित गर्दै सिरहा विजयी भएको छ । टस जितेर ब्याटिङ्ग थालेको सिरहा २० ओभर खल्दै ६ विकेटको क्षतीमा १ सय ९ रन बनाएको थियो । १ सय १० रनको लक्ष्य पछयाउन मैदान उत्रेका महोतरी सवै ओभर खेल्दै ९ विकेटको क्षतीमा मात्र ९६ रन बनाउन सक्यो ।

सिरहाका लागि सर्वाधिक राकेश कामत ३९ र अशोक यादवले २२ रन बनाएका थिए महोतरीका लागि हरेकृष्ण झा २ र नविन यादव २ विकेट लिएका थिए । महोतरीका नविन यादवले व्यक्तिगत ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानहरु रन बटुल्न नसक्दा महोतरी लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरएका छन् । सिरहाका लागि खेलमा पार्थिव यादव ३ र नविन यादव २ सर्वाधिक विकेट लिने दुई खेलाडी बने ।

लीग चरणको भोली हुने दुइ खेल पहिलो ९ बजे बिहान हेटोड़ा vs रौतहट दोश्रो १:४० बजे देखी सिरहा vs जनकपुर