एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : नेकपा एसका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधीसभामा संसदिय दलका उपनेता राजेन्द्र पाण्डेले कुर्सी र पदका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चालेको कदमको विरोध गरेका छन् । जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री समेत रहेका पाण्डेले एमाले अध्यक्ष केपि शर्मा ओलीले हिजोको संसद विघटन र मैले चालेको कदम ठिक थिएन सम्म नभनेकै अवस्थामा प्रचण्डले चालेको कदम हतार र कुसी तथा पदकै लागि रहेको प्रस्ट भएको आरोप लगाएका छन् ।
नेता पाण्डले २६ गते विहान सम्म वर्तमान सरकारको नेकपा एस प्रतिको रेस्पोन्स, निति तथा कार्यक्रम देखेर मात्र बिश्वासको मत दिने/नदिने कुराको तय हुने बताए । उनले प्रचण्डले आफुहरुलाई एउटा दलको जस्तो व्यवहार नगरेको पनि बताए । लिखित रुपमा पार्टीलाई बिश्वासको मत दिनोस समेत नभनेको उनको आरोप छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसदले फ्लोर क्रस गर्दा सांसद पद गएको स्मरण गराउदै पाण्डेले नेकपा एसको सांसदहरु पार्टीमा नरहने भन्ने हल्ला निराधार रहेको तर्क गरे । आफनो पार्टीको प्रतिनिधीसभाको १० र राष्ट्रियसभाको ८ गरि कुल १८ सांसद एकदमै संसदिय अनुभवी रहेको भन्दै उनले आफुहरुको भुमिका समान्य नहुने चेतावनी दिएका छन् ।
सो अवसरमा पार्टीका प्रदेश सांसद रत्नेश्वर लाल गोइत, पुर्व सांसद सत्रुधन महतो, धनुषा अध्यक्ष रामचन्द्र पण्डित, सचिव राजकुमार यादव र वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियो ।





