जनकपुरधाम, वैशाख १८ :
जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतो र उपमेयरमा निर्मल चौधरीले संयुक्त रुपमा घर दैलो अभियानको थाल्नी गरेका छन । चुनाव चिन्ह आंप पाएपछि दुवै जनाले संयुक्त रुपमा प्रचारप्रसारलाई तिव्रता दिएका छन । जनकपुरधाम उपमहानगरपालिकाको सोहनीमा प्रचारप्रसार गर्दै चौधरीले आफुहरु बिचमा संगै निर्वाचन जाने गठबन्धन भएको बताउनुभयो । उहाले मेयरको भिजन र आफुले त्यो भिजनलाई कार्यान्वन गर्ने पक्षमा रहेको र आफुहरु यहि नै चुनावी एजेण्डा समेत रहेको बताउनुभयो ।
चौधरीले जनकपुर बनाउने अभियानमा दुवै जनालागेको कारणले सहकार्य भएको र आफुहरुको कुनै स्वार्थ समेत नरहेको बताउनुभयो । उहाले जनकपुर परिवर्तनको आवश्यकता रहेको बताउदै जनकपुरधाममा पर्यटन कृषि र शिप मुलक आय आर्जनको निकै सम्भावना रहेको बताउदै नगरपालिकामा आज सम्म स्वरोजगार मुखि योजनाहरुको विकास नभएको बताउनुभयो । आफुहरुको चाहना जनकपुर मधेस प्रदेशको राजधानी भएको कारणले यसलाई औद्योगिकरणको आवशयकता रहेको बताउदै यसबाट युवा वर्गहरुलाई लाभ लिन प्रस्तत सम्भावना समेत रहेको बताउनुभयो ।
चौधरीले जब सम्म औद्योगिकीकरण हुदै तब सम्म युवा वर्गको पलायन रोक्न नसकिने बताउदै आफुहरु जनकपुरको सार्वजनिक जग्गाहरुलाई औद्योगिकरण गर्न सकिने योजना अगाडि सारिएको बताउनुभयो । उहाले नगर क्षेत्रमा औद्योगिकरण गरिएको खण्डमा मात्रै युवाको पलायन रोक्न सकिने समेत बताउनुभयो । मेयरको उम्मेदवार महतोले समेत दुवै जनाको चाहना विकास र समृद्धि रहेको कारणले आफुहरु यसै अभियानमा सहकार्यको साथ स्वतन्त्र उम्मेदवारी दिएर सहकार्य गरेको बताउनुभयो ।





