एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ : प्रदेश २ का आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले मन्त्रालयमा धेरै वेतिथि रहेको बताउदै विस्तारै सरल र सहज हुदै जाने बताएका छन् । नेकपा माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपालको दोस्रो जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री साहले मिडिया काउन्सिल जस्ता प्रदेश २ सरकारको पत्रकार प्रतिनिधीमुलक संस्थाहरुमा अनुभवी र क्षमतावान सदस्यहरुको आवयश्कता रहेको बताएका छन् ।

मन्त्री साहले मिडिया काउन्सिल जस्ता त्यस्ता संस्थाहरुको पुर्नगठन हुने समेत बताएका छन् । पत्रकारजगतको सरसल्लाह बमोजिम अनुभवी र क्षमतावान पत्रकारहरुकै सहभागिता र नेतृत्वमा त्यस्ता संस्थाहरु चल्नु पर्ने बताए । साथै उनले प्रादेशिक राजधानीको सवालमा जनकपुरधाम र धनुषाको पत्रकारिता जगतको विकास र क्षमता अभिवृद्वि आवयश्क रहेको बताए ।
सेन्टरका संयोजक शैलेन्द्र महतो क्रान्तिको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार बिएम खनाल, नेपाल पत्रकार महासंघ प्रदेश, जिल्लाका पदाधिकारी र सदस्यहरु सहित पत्रकारका अगुवाहरुको सहभागिता थियो । अधिवेशनबाट सेन्टर धनुषाको नयाँ नेतृत्व चयन हुने छ ।





